site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । बेलायतका प्रधानमन्त्री डेविड क्यामरुनकी उत्तराधिकारी महिला हुने निश्चित भएको छ । समाचार एजेन्सीहरूका अनुसार बिहीबार भएको मतदानमा बढी मत ल्षाउने नेताका आकांक्षीमध्ये २ जनामा महिलामात्र रहेका छन् । आगामी सेप्टेम्बर महिनामा हुने अर्को निवार्चनले गृह मन्त्री टेरेसा मे र ऊर्जा उपमन्त्री एन्ड्रिया लिडसनमध्ये एक जनालाई सत्तारुढ कन्जरवेटिव पार्टीको नेता छान्नेछ ।
सन् १९९० मा बेलायतकी प्रथम महिला प्रधानमन्त्री मार्गरेट थ्याचरले राजीनामा गरेपछि कन्जरवेटिव ९टोरी० पार्टीबाटै अर्कै महिला प्रधानमन्त्री हुने भएकी छन् । 
युरोपेली युनियन ९ईयु०बाट बेलायत बाहिर निस्कने कि ननिस्कने विषयमा भएको जनमत संग्रहमा बहिर्गमनका पक्षमा बहुमत आएपछि प्रधानमन्त्री क्यामरुनले राजीनामा दिएका छन् । 
संसद्मा स्पष्ट बहुमत भएको सत्तारुढ टोरी पार्टीका सांसदहरूबीच भएको मतदानबाट पहिलो चरणमा विजयी हुनेमा मे र लिडसन दुई महिलामात्र रहेकाछन् । सेप्टेम्बरमा पार्टीका रजिस्टर सदस्य ९क्रियाशील सदस्य०ले प्रत्यक्ष मतदान गरेर यी दुई महिलामध्ये एकलाई नेता छान्नेछन् र तिनै प्रधानमन्त्री हुनेछिन् ।
मे ईयुबाट बाहिर निस्कने पक्षमा थिइनन् भने लिडसन बहिर्गमनकी कट्टर समर्थक हुन् । 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७३  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC