site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

केही दिन पहिले एकसरो कालोपत्रे सकिएलगत्तै खोलिएको मुगलिङ–नारायणगढ सडकको तुरुन्तै विकल्प खोज्न लागिएको छ । भरपर्दो वैकल्पिक सडक बनाउनका लागि विकल्प खोज्न लागिएको भने होइन । अहिले तत्काल पहिरोले यातायात अवरुद्ध र जोखिमपूर्ण भएपछि पूर्व र पश्चिमबाट काठमाडौं आउन जान अरू सडकहरू प्रयोग गर्न सरकारका सम्बन्धित अधिकारीले आग्रह गरेका छन् । मुगलिङ नारायणगढ सडकको यात्रा जोखिमपूर्ण र अनिश्चित भएकाले उपलब्ध अरू सडकहरू प्रयोग गर्न बुद्धिमानी हुने उनीहरूको तर्क छ । त्यसो गरिएमा पश्चिमबाट आउने यात्रु बुटवलबाट पोखरा हुँदै र पूर्वका यात्रु हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै आउन सक्छन् । यसैगरी हेटौँडाबाट दक्षिणकाली, बर्दिवासबाट बनेपा हुँदै पनि काठमाडौं आउन सकिन्छ । यद्यपि, बुलवल पोखराको केही भागमा भने पहिरोको उत्तिकै जोखिममा छ ।

मुगलिङ–नारायणगढ सडक सडक पहिले पनि धेरै वर्षसम्म पहिरोका कारण अनिश्चित र जोखिमपूर्ण रहिआएको थियो । बल्लतल्ल धेरै ठाउँमा पहिरो थामिएको के थियो स्तरोन्नतिका नाममा फेरि खोलत्ने काम गरियो । ठेकेदारको लापरबाहीका कारण सडक विस्तार कार्य ढिलो भएको त हो तर त्यहाँको भौगोलिक अवस्थाको ख्याल नगरी बनाइएको विस्तार योजना पनि ढिलाइ र जोखिमका लागि जिम्मेवार छ । त्यसमाथि सडक विस्तारमा ठूला मेसिनको प्रयोग गरिँदा पनि पहिरोलाई निम्ता गरेजस्तो भयो । यिनै सबै कारणले मुगलिङ–नारायणगढ सडक विस्तार कार्य पूरा भएपछि पनि आगामी केही वर्ष यसबाट हुने यात्रा अनिश्चित र जोखिमपूर्ण रहिरहनेछ । यसबाट भएको मानवीय र अन्य क्षतिको हिसाब गर्ने हो भने यो सडक विस्तार धेरै महँगो साबित हुनेछ । सडक विस्तारको योजना बनाउँदा सायद अहिलेको अवस्थाको अनुमानै गरिएको थिएन ।

Prabhu Bank
Agni Group
NIC Asia

मुगलिङ – नारायणगढ सडक विस्तार गर्नुको साटो उतिबेलै विकल्प खोजिएको भए सायद यति धेरै जीउधनको क्षति सहनुपर्ने थिएन । मुगलिङबाट नारायणगढ जान तनहुँपट्टिको किनारबाट नयाँ सडक बनाउनु बुद्धिमानी हुन्थ्यो । त्यसो गरिएको भए कम्तीमा एउटा सडक त निर्बाध चालु हुन्थ्यो । तर, ठूला र फराकिला सडकको सपना देख्नेहरूले नेपालको भौगोलिक, समाजिक तथा आर्थिक यथार्थको उपेक्षा गर्दैआएका छन् । यस्तै लापरबाही चक्रपथ विस्तारका क्रममा पनि गरियो । अहिले एउटा खण्डमा बल्लबल्ल काम सकिँदा नसकिँदै सडक विभागले सडक विस्तारको डिनाइन नमिलेको भन्दै भत्काउने योजना बनाउन सुरु गरिसकेको छ । यसले हाम्रो समग्र विकास चिन्तन नै अव्यावहारिक भएको पुष्टि हुन्छ । विडम्बना, अझै पनि त्यही ठूलो र फराकिलो सडककै पक्षमा सरकार र योजनाकारहरू रहेको देखिएको छ ।

नेपालको भूगोल र आर्थिक क्षमतासमेत हेर्दा एउटै सडकलाई धेरै फराकिलो बनाउन खोज्नुभन्दा धेरैवटा ससाना सडक बनाउनु उपयुक्त, किफायती र लाभदायक हुने देखिन्छ । काठमाडौं उपत्यका आउन जानका लागि त झन् यस्ता धेरै सडक बनाउनु रणनीतिक दृष्टिले पनि उचित हुनेछ । यस्ता साना सडक वातावरणीय दृष्टिमा पनि उपयुक्त हुनेगरी बनाइनुपर्छ । मुगलिङ – नारायणगढ सडकको अवस्थाबाट पाठ सिकेर ठूला योजना र तिनबाट पाइने मोटो कमिसनको मोह त्यागी साना तर धेरै योजना निर्माण गर्ने र श्रम प्रधान एवं वातावरण मैत्री प्रविधि अपनाई जोखिम कम गर्नेतर्फ सरकारले ध्यान देला ?   

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १४, २०७५  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC