site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अमित आठ वर्षदेखि सिक्रीमा, सहयोग गरिदिन परिवारजनको आग्रह
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
इनरुवा। आफ्नै छोरालाई पशुझै सिक्रीमा बाँधेर राख्नुपर्दाको पिडा सुनसरी औरावनी गाविस– ९ का भगवान साहले आठ वर्षदेखि भोग्दै आएका छन्। तर उनीसँग यो बाहेक अर्को विकल्प छैन । 
मानसिक सन्तुलन गुमाएका साहका २२ वर्षीय छोरा अमित विगत– ८ वर्षदेखि सिक्रीमा बाँधिएका हुन् । उनको उपचारका लागि साह परिवारसँग पैसा छैन । पैसा र पहुँच हुनेले देश विदेशका सुविधा सम्पन्न अस्पतालमा उपचार गराउँछन् तर आफूलाई न खान छ न बस्न कहाँबाट छोराको उपचार गराउनु गरिबको जिन्दगी यस्तै हुँदोरहेछ अमितकी आमा तितरीको दुखेसो छ । 
आर्थिक अवस्था कमजोर भएकै कारण मानसिक रोगी अमितलाई घरमै बाँधेरराख्नु परिरहेको हो । उपचारका लागि आर्थिक समस्या छ । स्थानीय एक विद्यालयमा कक्षा– ९ मा पढ्दै गर्दा अमितले मानसिक सन्तुलन गुमाएका हुन् । अहिलेसम्म अमितका घरमा कोही पनि सहयोगी र अधिकारकर्मी पुग्न सकेका छैनन् । 
अमितको परिवारले उनलाई उपचार गर्दै नगरेको पनि होइन । भारतसम्म पुर्याएर उपचार गराउँदा पनि आर्थिक समस्याले नै पिरोलेकाले आठ वर्षदेखि आफ्नै छोरालाई फलामे सिक्रीले बाँधेर राख्न बाध्य भएका परिबार अमितको उपचारमा कसैले सहयोग गरे उपचार गराउने आशमा छ तर अहिलेसम्म उनलाई सहयोग गर्ने हातहरु नजुटेको साहको गुनासो परिवारको छ । रासस 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७३  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC