site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बुद्धकृष्णले छेडाए छैटौंपटक जिब्रो, कसले कतिपटक छेडाए जिब्रो ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । भक्तपुर थिमीको प्रख्यात जिब्रो छेड्ने जात्रामा बुद्धकृष्ण बागा श्रेष्ठले छैठौं पटक आफ्नो जिब्रो छेडाएका छन् । 

जात्रालुहरुको वाहवाहीबीच भक्तपुरको मध्यपुर थिमीस्थित बोडेमा आइतबार बुद्धकृष्ण बाग श्रेष्ठले छैठौं पटक जिब्रो छेडाएका हुन् । 

मध्यपुर थिमी नगरपालिका ८ बोडेकै ४६ वर्षीय स्थानीय बुद्धकृष्णले करिव एक फिट लामो फलामको सुइरोले जिब्रो छेडाएका हुन् । प्रत्येक वर्ष वैशाख २ गते यही ठाउँंमा जिब्रो छेड्ने जात्रा हुने प्रचलन छ । जिब्रो छेडेपछि बाँस एवम् निगालोले बनेको अर्ध चन्द्राकार महाद्वीप (भ्यय) बोकेर बुद्धकृष्णलाई बोडे परिक्रमा गराइएको थियो । टोलटोलमा घुमाई स्थानीय पाँंचौं गणेशको रथलाई भागुटोल पु¥याएपछि सियो निकालिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि महालक्ष्मीको माटोले जिब्रोको प्वाल टालिदिएर सियोलाई गणेश मन्दिरमा किलाले अड्काएर ठोकिएको छ । यसअघि जिब्रो छेडने बुद्धकृष्ण तीन दिनदेखि केही नखाई व्रत बसिरहेका थिए । 

साथै जिव्रो छेड्ने सियोलाई एक महिना अगाडि नै तयार पारी तेलमा डुबाएर राखिएको थियो । यसरी सियोलाई तयार गर्दा जिब्रो छेड्ने क्रममा रगत बग्दैन । बिस्केट जात्राको क्रममा भक्तपुरको मध्यपुर थिमीमा हुने विभिन्न जात्राहरुमध्ये जिव्रो छेड्ने जात्रा एक प्रमुख जात्राका रुपमा रहेको छ । ३ दिनसम्म थिमीमा मनाईने जात्रा  जिब्रो छेडेसँगै सकिएको पनि छ । 

Global Ime bank

गतवर्ष पनि उनैले जिव्रो छेडेका थिए । श्रेष्ठले निरन्तर चार पटक जिव्रो छेडिसकेका छन । आमाको निधन भएको वर्ष उनी पाँँचौ पटक जिव्रो नछेडी हटेका थिए । बुद्धकृष्ण हटेपछि जुजुभाइले निरन्तर आठ पटक जिव्रो छेडेका हुन् । १४ वर्ष अघि बुद्धकृष्णकै दाजु कृष्णचन्द्रले १२ पटक लगातार जिव्रो छेडेका थिए  । परापूर्व कालदेखि यो जात्रा मनाईदै आएको भए पनि हालसम्म १३ जनाले जिव्रो छेडाएको नामावली पाउन सकिन्छ । 

पछिल्लो विवरण अनुसार हर्कनरसिंह वाग श्रेष्ठले २२ पटक, बेखानारायण हाय श्रेष्ठले ३२ पटक, हरिदेव किला श्रेष्ठले एक पटक, हरिभासिक श्रेष्ठले ३, इन्द्र बाटा श्रेष्ठले २, हर्केश्वर व्याँं श्रेष्ठले ३, चन्द्रसेन घो श्रेष्ठले ७, दिलकुमार खपे श्रेष्ठले ७ , मुनि घो श्रेष्ठले १, धर्मराज बलाम श्रेष्ठले एक पटक, कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धकृष्ण बाग श्रेष्ठले ६ पटक  र जुजुभाइ वाग श्रेष्ठले आठ पटक जिव्रो छेडाएको अभिलेख रहेको संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठले जानकारी दिए ।

बोडेको जिव्रो छेडाउने जात्रा लिच्छविकालदेखि चलिआएको मान्यता छ । किंबदन्ती अनुसार प्राचिनकालमा बोडेको निलबाराही दायाँंवायाँं बस्ने भूत पिसाचले बोडेबासीलाई दुख दिन्थे । जनतालाई दुःख दिन नछाडेपछि तन्त्रमन्त्रले ती पिसाचलाई आफ्नो बसमा पारेर जिव्रो छेडेर नगर परिक्रमा गरि पठाएको मान्यता प्रचलनमा रहेको छ । यसै समय देखि नै थिमीमा नयाँ वर्षको भोलिपल्ट जिव्रो छेडेर पिचास भगाएको सम्झना गर्दै यो जात्रा मनाउने गरिन्छ ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC