site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सौर्य ऊर्जाबाट सिंहदरबारमा बिजुली (फोटो फिचरसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिंहदरबारबाट १ मेगावाट सौर्य ऊर्जा विद्यूत् उत्पादन हुन थालेको छ । चीन सरकारको सहयोगमा सम्पन्न आयोजना अन्तर्गत सिंहदरबारका केही मन्त्रालय तथा कार्यालयको छत र पार्किङ स्थलबाट सौर्य विद्यूत् उत्पादन हुने भएको हो ।
मंगलबार आयोजित एक कार्यक्रमबीच सोलार प्रणालीको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत यू होङले गरे ।

कार्यक्रममा चीनले उक्त सोलार प्रणाली नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले ठूलो सोलार सिंहदरबारमा राखिएको भन्दै यो सुरुवात मात्र भएको बताए । उनले नेपालको जलस्रोतको उपयोगमार्फत् जलविद्युत उत्पादन गर्ने कार्यका साथै सोलार बिजुलीलाई पनि प्राथमिकतामा राखेको बताए ।
सिंहदरबारमा प्यानल राख्ने काम लक्ष्यअनुसार नै सम्पन्न भएको मन्त्रालयले जनाएको छ । सिँहदरबारभित्र समयमै सम्पन्न भएको यो सम्भवतः पहिलो आयोजना भएको मन्त्रालको दाबी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आयोजना अन्तर्गत सुरुमा ५ मेगावाटको सोलार प्यानल जडान गर्ने योजना बनाइए पनि १ मेगावाट मात्र सौैर्य ऊर्जा निकाल्ने सम्भावना देखिएको थियो ।  सोहीअनुसार १.००८ मेगावाट सौर्य विद्यूत् उत्पादन गर्ने लक्ष्यसहित आयोजना अघि बढाइएको थियो । हाल जडित अन ग्रिड प्रणालीबाट ९५४ किलोवाट सौर्य ऊर्जा उत्पादन हुन्छ । बाँकी ५३ किलोवाट विद्युत् उत्पादन गर्ने केही प्यानल अफ ग्रिड हाइ एक्स्टेन्सनमा जडान हुनेछन् ।

\"\"

Global Ime bank

यस्ता छन् विशेषता :

सिंहदरबारमा जडित सौर्य ऊर्जा प्रणाली अन ग्रिड प्रणालीमा आधारित छ । जसअनुसार राष्ट्रिय प्रशारण ग्रिडमा जडित सौर्य ऊर्जा प्रणालीमा उत्पादित मागभन्दा बढी भएमा सो ऊर्जा राष्ट्रिय प्रशारण लाईनमा थपिनेछ ।  यसलाई एन्टि आइल्यान्डिङ मोड भनिन्छ ।
ऊर्जा मन्त्रालयका  आयोजना तथा वैदेशिक समन्वय शाखाका इन्जिनियर सन्जिव रायका अनुसार सो प्रणालीमा विद्यूत् अपुग भएको खण्डमा आवश्यक विद्यूत् प्रशारण लाइनबाट प्राप्त हुनेछ ।
तर, राष्ट्रिय प्रशारण ग्रीडमा विद्यूत् प्रवाह नभएको खण्डमा सिंहदरबारमा उत्पादित विद्युत् प्रसारणलाइनमा भने जोडिँदैन ।

ग्रीडमा मर्मतको काम भएको समयमा बढी विद्युत् पठाए करेन्टको जोखिम बढ्ने भएकाले सुरक्षाको ख्याल राख्दै यस्तो प्रणाली विकास गरिएको रायको दाबी छ ।

उनले थपे, “यो प्रणालीमा ब्याट्रिको आवश्यकता पर्दैन । जसका कारण सिस्टममा कुनै समस्या आउँदैन, मर्मत खर्च कम हुन्छ । यसमा जडित इन्भर्टर अटोमेटिक छ, जसका कारण प्यानलबाट सप्लाई बन्द भएको अवस्थामा एमसीबीले अटोमेटिक रुपमा राष्ट्रिय प्रशारणलाईनबाट विद्युत् रिसिभ गर्छ ।”

सिंहदरबारको भार कति ?

एउटा मन्त्रालयको भार भनेको बढीमा ४० किलोवाट छ । पहिलेको संरचानाअन्तर्गत सिंहदरबारमा ३० वटा ठूला कार्यालय छन् । यस हिसाबले सिंहदरबारमा बढीमा १.२ मेगावाट विद्यूत् पर्याप्त हुन्छ । 
सिंहदरबार के–३ ग्रीडमा जोडिएको छ, जसमा सिंहदरबारमात्र जोडिएको छैन । अनामनगर, रामशाहपथ लगायत क्षेत्र पनि यही ग्रीडमा जोडिएकाले यति नै भन्न नसकिने ई. रायको दाबी छ । तर आफ्नो आँकलनमा बढीमा १.५ मेगावाट भार हुनसक्ने उनले बताए । 

\"\"

सिंहरदरवारमा सोलार प्लान्ट फिट गर्ने कन्सेप्ट ऊर्जा मन्त्रालयको लोडसेडिङ उन्मुलन कार्ययोजना अन्तर्गत ल्याइएको आयोजना हो ।

नेपाल सरकारको राष्ट्रिय प्रशारण ग्रीडमा कम भार परोस् भन्ने उद्देश्यले अन ग्रिड सोलार प्रोजेक्टका लागि चीन सरकारसँग अनुदानको लागि अनुरोध गरिएको थियो । जसअन्तर्गत सुरुमा ५ मेगावाटको सोलार प्यानल जडान गर्न आयोजनको फिजिबिलिटी अध्ययन गरिएको थियो । यद्यपि, सो अध्ययनबाट सिंहदरबारको सबै भवन तथा उपर्युक्त खाली स्थानमा प्यानल जडान गर्दा १ मेगावाट मात्र सौैर्य ऊर्जा निकाल्न सकिने देखियो ।

सोहीअनुसार सेप्टेम्बर ३०, २०१६ मा चीन सरकार र नेपाल सरकारबीच १.००८ मेगावाट सौर्य विद्यूत् उत्पादन कार्यान्वयन सम्झौतामा हस्ताक्षर भयो । त्यसपछि ऊर्जा मन्त्रालय, वैदेशिक समन्वय महाशाखा प्रमुखको नेतृत्वमा निर्देशन समिति गठन भयो । सो समितिले आयोजनामा आएका समस्या समाधान गर्न काम गर्यो । 

आयोजनाअन्तर्गत् त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय, के – ३ सबस्टेसन, जिल्ला समन्वय समिति, राष्ट्रिय बीमा संस्थान लगायत सरकारी कार्यालयमा कूल ८९५.९९ किलो वाटको सौर्य ऊर्जा प्रणाली जडान भयो ।

यसपछि बाँकी रहेको केही प्यानल ऊर्जा मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायत केही सरकारी कार्यालयको पार्किङको छतमा राखियो । यी दुई मन्त्रालयमा क्रमशः २३.५२ किवा र प्रधानमन्त्री कार्यालयमा १२ किलोवाट क्ष्मता गरी कुल सौर्य ऊर्जा उत्पादन क्षमता ९५४ किलोवाट पुर्याईयो ।
आयोजनाको अन्तिम टेस्टिङ तथा इन्स्पेक्सन कार्य फेब्रुअरी ३०, २०१८ मा सम्पन्न भएको थियो ।

तस्बिर : सरिता खड्का
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०७४  १९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC