site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
पुनर्निर्माण कमिस?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
गत वर्षको भूकम्पबाट ध्वस्त पुरातात्विक सम्पदाको संरक्षणमा राज्यले आवश्यक ध्यान दिन सकेको देखिएन । सरकार त्यस्ता सम्पदाको पुनःनिर्माणमा मात्र हैन भग्नावशेषको संरक्षणमा समेत संवेदनशील हुन सकेन । भत्केका भवन  र संरचनाबाट अमूल्य पुरातात्विक महत्वका वस्तु हराउन नदिन कुनै प्रकारको सावधानी अपनाइएन । पुरातात्विक सम्पदाको भग्नावशेषलाई पनि अरू सामान्य भवनको ढुंगामाटाको थुप्रोजस्तै ठानेको देखियो । यसले पुरातात्विक महत्वका सम्पदाको पुनःनिर्माणमा समस्या उत्पन्न गराउने निश्चित छ । यसैगरी पुनःनिर्माणप्रतिको संवेदनहीनताले गर्नुपर्ने कामको प्राथमिकता निर्धारण गर्न पनि सम्बन्धित निकाय विफल भएको देखिएको छ । सरकारी संवेदहीनताको उदाहरण काष्ठमण्डप (मरु सत्तल) र रानीपोखरीको पुनःनिर्माणमा स्पष्टै देखिन्छ । यी दुवै सम्पदाको पुनःनिर्माणका क्रममा पुरातात्विक संरचनाको पुनःनिर्माणमा अपनाउनु पर्ने मापदण्ड उल्लंघन गर्नुको कारण भने कमिसन मोह नै भएको अनुमान सहजै गर्न सकिन्छ ।
 
पुरातात्विक संरचनाको पुनःनिर्माणमा पहिले जस्तो सामग्री प्रयोग गरिएको थियो त्यस्तै निर्माण सामग्री प्रयोग गर्नुपर्ने र पुरानै संरचना र शैलीमा निर्माण गर्नुपर्ने जस्ता सामान्य मान्यता हो । स्थानीय जनता र संरक्षणविद्हरूले पटकपटक सरकारको ध्यान यस विषयमा आकर्षित गराएका पनि थिए । तर, सरकारी अधिकारीहरूले त्यसमा पटक्कै ध्यान दिएनन् । यस्तै, पुरातात्विक सम्पदाको निर्माण निकै संवेदनशील र मिहिन काम पनि हो । त्यस्तो काम नाफाका लागि घटाघटमा ठेक्का लगाएर ठेकेदारलाई दिनु उपयुक्त हुँदैन । सामान्य भवन वा सडक बनाउँदाजस्तो फटाफट काम सकेर सरकारलाई बुझाउने र हिसाब फरफारक गर्नेबित्तिकै दायित्व समाप्त हुने अभ्यास अपनाएर पुरातात्विक पुनःनिर्माणको काम हैन । तर,  ठेक्कामा दिन नहुने र परम्परागत निर्माण सामग्री नै प्रयोग गर्नुपर्ने जस्ता  मान्यता स्वीकार गरेन । त्यसले स्थानीय संरक्षणवादीहरूका साथै अन्तर्राष्ट्रिय संस्था र विशेषज्ञहरूलाई समेत निराश बनायो । रानीपोखरीभित्रको मन्दिरको पुनःनिर्माणमा रड, सिमेन्टजस्ता निर्माण सामग्री प्रयोग गरिएपछि त्यसलाई रोक्न जनस्तरबाट भएको प्रयास र अन्तर्राष्ट्रिय संस्थाबाट व्यक्त असन्तोषबाट पनि सरकारले पाठ सिक्न सकेको देखिएन । नत्र, काष्ठमण्डपको पुनःनिर्माण ठेक्कामा गराउने तयारी महानगरपालिकाले गर्ने थिएन । यस्तै काष्ठमण्डप परिसरकै मन्दिरको पुनःनिर्माण ठेक्कामा दिने थिएन ।
 
अभैm धेरै ढिला भइसकेको छैन । सबैभन्दा पहिले सरकारले पुरातात्विक सम्पदाको संरक्षण र पुनःनिर्माण विवादरहित तथा प्रभावकारी बनाउन पुनःनिर्माणका स्थापित सिद्धान्त तथा मापदण्डलाई पूर्णतः पालना गर्नुपर्छ ।  साथै यस्ता पुरातात्विक धार्मिक, सांस्कृतिक महत्तामा सम्पदासँग स्थानीय समुदायको पहिचान र जीवनशैली गाँसिएको हुन्छ । पर्यटक वा बाहिरका व्यक्तिका लागि काष्ठमण्डप एउटा पुरानो सभ्यताको अवशेष र प्राग्ऐतिहास संरचना हो भने स्थानीय बासिन्दाका लागि पहिचान र गौरवको धरोहर हो । त्यस्ता सम्पदामा सम्बन्धित समुदायले स्वामित्व लिएमा संरक्षण र पुनःनिर्माण दुवै कार्य निकै सहज हुनेछ । यस्तै पुरानै शैलीमा पहिलेकै जस्तो निर्माण सामग्री प्रयोग गरिएमा पुनःनिर्माणपछि पनि त्यस्ता स्थलहरू निर्विवाद विश्व सम्पदाका रूपमा रहनेछन् । तर, ठेक्का लगाएर पुनःनिर्माण गर्न खोजियो भने तिनले परम्परागत गौरव र हैसियत गुमाउनेछन् । यसबाट ठूलो राष्ट्रिय क्षति हुनेछ । यसैले सरकारले आवश्यक भएमा ऐन नियममा संशोधन गरेरै पनि पुरातात्विक महत्वका संरचनाको पुनःनिर्माण अमानतमा गराउने व्यवस्था मिलाओस् । ठेक्काबाट सजिलै हात पर्ने कमिसनका लागि राष्ट्रय गौरवका सम्पदाको पुनःनिर्माणमा हेलचेक्य्राइँ नगरियोस् । यी सम्पदा पुर्खाले हाम्रा सन्तानका लागि छाडेका नासो हुन् । यिनलाई नाश गरेको कलंक नबोकौँ । 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७३  १९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC