site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्कुलसहित सय मिटर सडक बगायो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
सिन्धुपाल्चोक । तातोपानी आसपासमा भारी बर्षा हुँदा भोटेकोसीमा दशकयताकै ठूलो बाढी आएको छ । बाढीले एक स्कुलसहित करिब सय मिटर सडक बगाएको हाम्रा सम्बाददाता सुरेश बुढाथोकीले जनाएका छन् ।
 
 
नदीले मानसरोवर बोर्डिङ स्कुल बगाउनुको साथै कोदारी राजमार्गको ५० मिटर र जुरे–लामासाँघु अन्तर्गतको  ५० मिटर सडक बगाएको उनले बताएका हुन् । 
 
 
त्यस्तै बाढीले लिपिङमा १५ घर र तातोपानी भन्सारमा रहेको २ वटा ट्रिपर बगाएको जिल्ला प्रहरी प्रमुख रविन्द्र श्रेष्ठले जानकारी दिए ।  
 
 
बाढीले तातोपानी भन्दा माथि रहेको झिर्पु बजार बगाउनुको साथै थुप्रै पसलहरूमा क्षति पुर्याएको छ । 
 
“नदीमा पानीको सतहमा केही कमी आए पनि स्थानीयबासी त्रसित र भयभित देखिएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा जान प्रहरीले माइकिङ गरिरहेको छ,” उनले भनले भने, “ठाउँ ठाउँको सडकखण्ड बाढीले बगाएकाले सुरक्षाकर्मी र प्रशासनले बस्तु अवस्था बुझ्न सकेको छैन ।”
 
 
उनका अनुसार प्रमुख जिल्ला अधिकारी गोकर्णमणी दुवाडी र जिल्ला प्रहरी प्रमुख श्रेष्ठसहितको टोली जुरेमा अड्किएको छ । 
 
“केन्द्रबाट हेलिकप्टर मगाएर तातोपानी र त्यसभन्दा माथिका स्थानमा जानेकी भन्ने कुरा भइरहेको छ,” बुढाथोकीले बताए  । 
 
 
सशस्त्र प्रहरी सीमा सुरक्षाबलसँग सम्पर्क हुन नसक्दा क्षतिको विस्तृत विवरण पाउन नसकिएको उनको भनाइ छ ।  नदीले ग्यासका सिलिन्डर, लत्ता कपडा र भाँडा बर्तन बगाएर ल्याएकाले पनि थुप्रै घर बगाएको हुन सक्ने उनले अनुमान गरे । 
 
बाढीले बाह्रबिसेमा रहेको प्लाइउड  फम, ब्लक उद्योगमा क्षति पुर्याएको प्रहरीले बताएको छ । मोटर ग्यारेजबाट टाटासुमो र जिप बगाउनुको साथी मार्पिङ र लिपिङ जोड्ने मध्यभोटेकोसीको बेलिव्रिज पनि बाढीले बगाएको स्थानीयले बताएका छन् । 
 
बाढीमा परि हालसम्म कुनै मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।  बाढीका कारण तातोपानी दशकिलोका केही घरहरू जोखिममा छन् । यसैगरी जुरे पहिरोमा ब्लक छ । तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान प्रहरीले माइकिङ गरिरहेको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २२, २०७३  १२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC