site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

मोरङ ।  सर्वसाधारणलाई सहुलियतमा स्वास्थ्य सेवा दिइरहेको कोशी अञ्चल अस्पताल विराटनगरमा स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नपठाउँदा समस्या भइरहेको छ । दरबन्दी पूर्ति हुन नसक्दा ११ औं तहका विशेषज्ञ (कन्सलटेन्ट) चिकित्सकको सेवा ८ औं तहका मेडिकल अफिसरले दिनुपर्ने बाध्यता रहेको छ । दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको अस्पतालले जनाएको छ । कोशीमा ११ औं तहका विशेषज्ञ (कन्सलटेन्ट) ४० र मेडिकल अफिसर ३४ गरेर ७४ जना चिकित्सकको दरबन्दी छ । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रोशन पोखरेलले ४० जनाको दरबन्दी रहे पनि ११ औं तहका कन्सलटेन्ट चिकित्सक आधा पनि नरहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

८ औं तहका मेडिकल अफिसर पनि ३० जना मात्रै छन् । मेसु पोखरेलका अनुसार दरबन्दी विशेषज्ञ चिकित्सकको भए पनि अस्पताल विकास समितिबाट मेडिकल अफिसरलाई नियुक्ती गरेर सेवा दिनु परिरहेको छ । 

उनले कन्सलटेन्टको दरबन्दी रहेका ठाउँमा मेडिकल अफिसरलाई करारमा अस्पताल विकास समितिबाट नियुक्ती दिएर काममा लगाउनुपर्ने अवस्था रहेको बताए ।
कन्सलटेन्टको सेवा मेडिकल अफिसरले दिइरहनु पर्दा बिरामीले पाउने स्वास्थ्य सेवामा पनि समस्या हुने गरेको उनको भनाइ छ । 

Global Ime bank

पोखरेलले अस्पताल विकास समितिबाट ११ औं तहका विशेषज्ञ १० र १४ जना मेडिकल अफिसर गरेर २४ जना चिकित्सक करारमा नियुक्त भएका छन् । उनीहरुको सबै खर्च अस्पताल विकास समितिले नै बेहोर्नुपर्छ । 

सरकारले विभिन्न सेवा थप गर्दै औजार र उपकरण पठाउने गरे पनि दक्ष चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको अस्पतालले जनाएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा. आरएल करुवाले सरकारले दरबन्दीअनुसार चिकित्सक नपठाउँदाको भार विकास समितिको थाप्लोमा आउने गरेको बताए ।

अस्पतालको आन्तरिक आम्दानीले खर्च धान्न छाडिसकेको बताउँदै उनले करारमा राखिएका चिकित्सक र कर्मचारीलाई समयमा तलव खुवाउन नपाएर समस्या पर्न थालेको जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २०, २०७४  २१:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC