site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धिरज भन्छन्,– एक्लै भएपनि टुँडिखेलमा बुद्धको ब्यानर बोकर उभिन्छु     
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रायोजकहरुले प्रतिबद्धता तोडेपछि बुद्ध नेपालमा जन्मिएका हुन् भनेर गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा नाम लेखाउने अभियान केही समय पछि सरेको छ । यसका अभियान्ता धिरज राईका अनुसार माघ २७ गते टुडिखेलमा ५० हजार नेपाली भेला भएर बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वभर फैल्याउने कार्यक्रम पछि सरेको हो । अब यो कार्यक्रम फागुन १९ गते हुने छ ।  

सुरुमा उक्त कार्यक्रमका लागि प्रायोजन गर्न तयार भएका कम्पनीहरु पछि हटेपछि कार्यक्रम फागुन १९ गतेका लागि सार्नु परेको राईले बताए । “सुरुमा हामीले जोजोसँग कार्यक्रमका लागि आग्रह गरेका थियौं, उहाँहरुको यो राष्ट्रिय अभियानमा हामी सकेको सहयोग गर्छौं भन्नु भएको थियो,” धिरज भन्छन्, “एक हप्तापछि जाँदा उहाँहरु  पूरै परिवर्तन भैसक्नु भएको रहेछ । उहाँहरुको यस्तो ब्यबाहारले हामीलाई चिन्तित बनाएको छ ।”

धिरजका अनुसार काठमाडौंमा ५० हजार मान्छे जम्मा गर्न कम्तिमा एक करोड रुपैयाँ चाहिन्छ । तर अहिलेसम्म सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले ५१ हजार दिने प्रतिबद्धता जनाउनु बाहेक रकम जम्मा भएको छैन । “उहाँले आफ्नोतर्फबाट ५१ हजार रुपैयाँ र ५०० व्यक्ति उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको थियो,” राईले भने, “राज्यका सरोकारवाला निकायमा जाँदा टालटुले जवाफमात्रै आउँछ । बुद्ध जयन्तीममा हामीले कार्यक्रम गरेकै छौं नि भन्ने जवाफ आउँछ ।”
फागुन २६ मा सलमान खान नेपाल आउनेभएपछि प्रायोजक कम्पनीहरु त्यतातर्फ आकर्षित भएको गायक राईको गुनासो छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“सुरुमा सहयोगको प्रतिबद्धता जनाउने कम्पनीहरु एक हप्तापछि किन टाउको लुकाउँछन् भनेर बुझ्दा सलमान खानको कार्यक्रम मुख्य कारण रहेछ,” राई भन्छन्, “सलमानको कार्यक्रममा एक लाख लगानी गरे पाँच लाख रुपैयाँ आउँछ तर बुद्धमा लगानी गर्दा त्यही एक लाख पनि जान्छ भन्ने अंकगणीत गरेर साथीहरु पछि हट्नुभयो ।”

उनी बुद्ध नेपालमा जन्मिएको सन्देशको नयाँ रेकर्ड बनाउनु राष्ट्रियता र पहिचानको विषय भएको बताउँछन् । “सबै कुरालाई ब्यबसायिकतासँग जोडर हेर्नु हुँदैन । बुद्धसँग जोडिएको यो विषय त राष्ट्र र राष्ट्रियताको विषय हो,” उनी भन्छन्, “राष्ट्रियतासँग जोडिएको यो विषयलाई म छोड्दिन । रवी लामीछानेले पनि अगाडि बढाउनु हुन्छ । म एक्लै ब्यानर र झण्डा बोकेर विभिन्न देशमा हिँडेकै हुँ । फागुन १९ गते म एक्लै भए पनि बुद्धको ब्यानर र झण्डा बोकेर टुँडिखेल गएर उभिन्छु । हेरौं यो अभियानमा कतिले साथ दिनुहुन्छ ।”

Global Ime bank

उनले आफू व्यक्तिगत रुपमा सलमानको ठूलो फ्यान रहेको स्पष्ट पारे । “म व्यक्तिगत रुपमा सलमानको फ्यान हुँ । उहाँसँग फोटो खिचाएर ल्याएको छु,” उनी भन्छन्, “मेरो गुनासो प्रायोजक कम्पनीहरुसँग यति मात्रै हो यो राष्ट्रियताको विषयमा ठूलो मन बनाएर सहयोग गरे हुन्थ्यो । यहाँ अहिले हामीलाई गरिएको ब्यबाहार देख्दा यस्तो लाग्न थोलेको छ सलमान ठूलो कि गौतम बुद्ध ?”

उनले नेपालभन्दा पनि विदेशमा रहेका नेपालीले सहयोग गर्ने बताइरहेको सुनाए । “तर उहाँहरुले गर्नुभएको सहयोग मात्रै हाम्रा लागि पर्याप्त हुँदैन,” राईले भने । 
भारतले बुद्ध आफ्नो देशमा जन्मिएको भन्दै विभिन्न माध्यमबाट दाबी गरिरहेको भन्दै गायक राईले उक्त दाबीलाई चिर्न गिनिज बुकमा नाम लेखाउने अभियानमा लागेका हुन् ।  

यसका लागि शैनिक मञ्च टुँडिखेलमा ५० हजार व्यक्तिभेला भएर बुद्धको उपदेश पढेर नयाँ रेकर्ड बनाउने उनको योजना हो । 

“शैनिक मञ्च टुँडिखेलमा ५० हजार व्यक्ति एकैपटक जम्मा भएपछि बुद्ध गुरुले भगवान गौतम बुद्धको उपदेश पढ्ने र ‘बुद्ध वाज वोर्न इन नेपाल’ भनेपछि सहभागी ५० हजारले उपदेश दोहोर्याउनु हुनेछ,” उनले भने, “यसको मुख्य उद्धेश्य भनेको बुद्ध नेपालमा जन्मिनु भएको हो भनेर विश्वभर सन्देश प्रवाह गर्नु हो ।”

यसअघि यस्तै प्रकारको रेकर्ड भारतले ४७ हजार व्यक्तिको उपस्थितिमा गरेको हुनाले त्यसलाई तोड्न ४७ हजारभन्दा धेरै सहभागीको आवश्यक रहेको हो । 
यसका लागि स्कुल तथा क्याम्पसमा उपस्थितिका लागि आग्रह गरिएको उनले सुनाए । 

विश्व किर्तीमानी परिषदले आयोजना गरेको कार्यक्रममा धिरज राई र पत्रकार रवि लामिछाने मुख्य अभियान्ता हुन् । राईले सन् २००६ देखि बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने अभियान चलाउँदै आएका छन् भने पत्रकार लामिछानेले बुद्ध नेपालमा जन्मिएको सन्देश दिन विश्वमै सबैभन्दा लामो लाइभ अन्तवार्ता लिएर गिनिज बुकमा नाम लेखाइसकेका छन् । 

राई र लामिछानेलाई परिषदले यो अभियानको सद्भावना दूतको जिम्मेवारी दिएको छ । विश्व किर्तीमानी परिषद नेपालबाट गिनिजबुकमा नाम लेखाउनेहरु आबद्ध रहेको संस्था हो । 

कार्यक्रमको सुरक्षाका लागि नेपाल प्रहरीसँग पनि कुरा भैसकेको राईले बताए । “सुरक्षाको प्रवन्ध नेपाल प्रहरीले गर्ने बचन दिइसकेको छ,” उनले भने, “कार्यक्रम आयोजनाका लागि नेपाल आर्मीले शैनिक मञ्च टुँडिखेल उपलब्ध गराएको छ । शैनिक मञ्चले नपुगे सेनाले प्रयोग गर्दै आएको बद्रकालीको खाली जग्गा पनि उपलब्ध गराउने भएको छ ।”

सुरक्षाका लागि हेलिकप्टर र ड्रोन समेत उडाइने छ । अभियान सफल बनाउन आर्थिक संकलन नै अहिलेको मुख्य चुनौती रहेको उनले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०७४  १२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC