site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँं । टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । 

अंकरास्थित राष्ट्रपति प्रासादमा बिहीबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकाे इस्लामावादस्थित नेपालको राजदूतावासले जनाएको छ । अधिकारी पाकिस्तानका निम्ति नेपालको आवासीय राजदूत हुन् । 

राष्ट्रपति एर्दोगानले राजदूत अधिकारीलाई टर्कीएको पनि कार्यभार सम्हालेकामा बधाई ज्ञापन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुषपकमल दाहाल 'प्रचण्ड'प्रति शुभकामना व्यक्त गरे । उनले राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डका साथै नेपाली जनताको निरन्तर समृद्धिको कामना पनि गरे ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राष्ट्रपति एर्दोगानसँग भएको शिष्टाचार भेटमा राजदूत अधिकारीले राष्ट्रपति  पौडेल र प्रधानमन्त्री प्रचण्डका तर्फबाट टर्कीका राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै टर्कीका जनताको निरन्तर प्रगतिको कामना गरेका थिए । 

राजदूत अधिकारीले नेपाल र टर्कीबीचको सम्बन्ध आपसी विश्वास र सहयोगमा आधारित रहेको उल्लेख गर्दै दुवै देशले साझा चासोका विषयमा संयुक्त राष्ट्रसंघलगायत अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्दै आएका बताए । उनले टर्कीसँगको सम्बन्ध विस्तारका निम्ति इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेकाे उक्त दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro