site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं, रासस । स्वास्थ्य मन्त्रालयको एक वर्षे कार्यक्रमसहित दातृ निकायसँग वार्षिक संयुक्त समीक्षा बैठक शुरु भएको छ । मन्त्रालयको नेतृत्वमा आजदेखि शुरु भएको समीक्षा बैठकमा स्वास्थ्यका क्षेत्रमा आजसम्म भएका उपलब्धि, गर्न बाँकी काम र देखापरेका चुनौतिबारे छलफल गरिनेछ । 

मन्त्रालयका अनुसार स्वास्थ्यमा ८० प्रतिशत बजेट नेपाल सरकार र २० प्रतिशत दातृ निकायको लगानी छ । उक्त मन्त्रालयसँग राष्ट्रियस्तरका नौँ विकास साझेदार संस्थाले सहकार्य गरी काम गरिहरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

समीक्षा बैठक शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री दीपक बोहराले मन्त्रालय सधैँ गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध रहेको बताए । सबै जनतामा आधारभूत स्वास्थ्य सेवाको पहुँच ल्याउनका लागि स्वास्थ्य बीमा ऐनसहित अब बन्ने नयाँ स्वास्थ्य नीतिमा पुनरावलोकन गरिने उनले बताए । 
स्वास्थ्य सचिव डा पुष्षा चौधरीले देश संघीयतामा जाँदै गर्दा जनशक्ति, बजेट व्यवस्थापन चुनौतिका रुपमा देखिएको बताइन् । 

स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वयय महाशाखा प्रमुख डा श्रीकृष्ण गिरीले समग्रमा स्वास्थ्यका धेरै सूचक पूरा भए पनि केही विषयमा भने अझै काम गर्नुपर्ने अवस्था रहेको बताए । 
उनका अनुसार मातृशिशु मृत्युदर घट्दै गर्दा बालबालिकामा खोपको पहुँच भने घटिरहको देखिएको छ । कुनैसमय ९४ प्रतिशतसम्म खोपको पहुँच अहिले घटेर ७८ प्रतिशतमा झरेको छ। 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC