site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मेरो ज्यान खतरामा छ, त्यसैले भागेको हुुँ : सिलवाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । कार्यसम्पादन मूल्यांकन फारम किर्ते गरेको अभियोगपछि अनुसन्धानका लागि प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका सांसद एवं नेपाल प्रहरीका पूर्वडीआईजी नवराज सिलवालले विज्ञप्ति जारी गर्दै सरकार र प्रहरीको चर्को आलोजना गरेका छन् । 

आफ्नो विपक्षीले नै आफ्नो अनुसन्धान गरेको र आफूलाई फसाउन खोजेको भन्दै उनले पछिल्लो समय सञ्चारमाध्यममा आएका समाचारमा समेत आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । विज्ञप्तिमा उनले भनेका छन्, “जुन मान्छे यो घटनाक्रममा मेरो विपक्षी छ, उसैले अनुसन्धान गर्ने र यसमा संलग्नहरूलाई निर्दोष सावित गरी मलाई प्रहार गर्ने जुन खेल भइरहेको छ, त्यसको अन्त्य हुनुपर्छ ।”

आफ्नो ज्यानको समेत खतरा रहेको उनको भनाइ छ । सिलवालले कहाँबाट विज्ञप्ति जारी गरेका हुन्, उनले खुलाएका छैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

देशभर उनको खोजी गरिए पनि नभेटेपछि नेपाल प्रहरीले महानगरीय प्रहरी परिसर काठमाडौंको आग्रहमा इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गरेको थियो । गएको आइतबार इन्टरपोल मुख्यालयले नोटिस जारी गरी १९२ देशमा सिलवालको निगरानी राख्न खबर गरिसकेको छ । 

सिलवालले बुधबार राति जारी गरेको विज्ञप्ति

Global Ime bank

प्रेश विज्ञप्ति 
१. सम्मानित सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा दुइ फरक प्रकारका कार्यसम्पादन मुल्यांकन फारमहरु पाइएकोेले त्यसमाथि छानवीन गर्न दिएको फैसलाको म पूर्ण सम्मान गर्दछु । विगत चैत्रमा सर्वोच्च अदालतको पूर्ण इजालसमा सरकारी निकायहरुद्धारा प्रस्तुत भएका सम्वन्धित मूल्यांकन दस्तावेजहरुभन्दा त्यसयता तिनै निकायहरुद्धारा प्रस्तुत दस्तावेजहरु फरक भएका कारण नै त्यतिवेला र मैले सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि दिएको आवेदन पछि आएको फैसला फरक परेको तथ्य सार्वजनिक नै छ । निश्चय नै, यो विचमा महत्वपूर्ण सरकारी कागजातहरु फेरवदल भएको सहजै देखिन्छ । त्यसका दोषीहरुमाथि निश्चय नै छानवीन र कारवाही हुनु आवश्यक छ ।

२. केही समययता यसमा म र ममात्र संलग्न छु जस्तो अर्थ लाग्ने गरी प्रायोजित प्रकृतिको प्रचार जसरी भइरहेको छ, त्यो नियोजित, बद्नियतपूर्ण र मेरो सार्वजनिक जीवनलाई समाप्त गर्ने दुराशयवस गराइएको तथ्य छर्लङ्गै छ । किनभने, नेपाल प्रहरीको कार्मचारी प्रशासनसम्वद्ध गोप्य दस्तावेजहरुमा मेरो पहुंच पुग्ने र त्यसलाई मैले सच्च्याउने सम्भावना एउटा काल्पनिक कथ्य मात्र हो । त्यसमाथि, यसअघिको प्रहरी नेतृत्व शुरुदेखि नै मलाई प्रहरी महानिरीक्षक हुन नदिने प्रपञ्चकासाथ योजनावद्ध ढंगले क्रियाशील रहेको यथार्थ अब आम जानकारीको विषय भइसकेको छ । यस्तो अवस्थामा, प्रहरी मुख्यालयमा सुरक्षित, सोही अवधिको गोप्य फाइलमा मैले किर्ते गर्नसक्ने कुरा कसरी सम्भव होला ?

३. त्योभन्दा पनि महत्वपूर्ण, यस्तो किर्ते र जालसाजी गरी मेरा विरुद्ध संलग्न गृहमन्त्रालय र प्रहरी संगठनका सबैलाई वर्तमान सरकार र खासगरी प्रधानमन्त्री शेरबहादुर देउवाले अनेकौ प्रपञ्च र तिकडम गरेर पुरस्कृत गरेको फेहरिस्तले पनि यस्तो गैरकानुनि कार्यमा को को संलग्न थिए भन्ने अनुमान लगाउन गाह्रो छैन । गत निर्वाचनमा पराजित भएपछि, यो जनमत गुमाएको कामचलाउ सरकारले जसरी आफू सत्ताबाट बाहिरनुअघि नै मेरो क्यरिएरलाई समाप्त पार्ने र सकेसम्म बद्नाम गर्ने अधैर्य व्यवहार देखाएको छ, त्यसबाट यस्ता कुकृत्यमा संलग्नहरुको निन्द्रा र भोक हराएको बुझ्न अप्ठ्यारो छैन । प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा गरेको अनावस्यक अस्वस्थ चलखेलकै कारण वर्तमान सरकार बद्नाम भएको र चुनाव हार्नुको एउटा मुख्य कारण यही भएकोले प्रतिसोधबस् ममाथि आक्रमण भएको अनुभव पनि मलाई भएको छ ।

४. भोलि निस्पक्ष अनुसन्धान भएमा यस्तो कार्यमा संलग्न र अहिले त्यसबाट प्रत्यक्ष लाभ लिइरहेकाहरुलाई अत्याएको हुनसक्छ । त्यसैले यो समग्र पक्षको निश्पक्ष अनुसन्धान हुनुपर्छ र दोषी दण्डित हुनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यसबीचमा भएका अनगिन्ति चलखेल र तिनमा संलग्नहरुको सार्वजनिकरुपमै उठेको नैतिकता र इमान्दारीप्रति पनि प्रश्न उठाउन नसकिने होइन । तर, ती मध्ये धेरैलाई सार्वभौम जनताले नै उनीहरुको वास्तविक हैसियत देखाइसकेको अवस्थामा मैले केही भन्नु परेन ।

५. अहिले मुलुकको सिङ्गो प्रशासन र प्रहरी संयन्त्र अरु सबै महत्वपूर्ण राष्ट्रिय जिम्मेवारीहरु छोडेर मलाई मात्रै यो देशको सबभन्दा डरलाग्दो र संगीन अपराधि प्रमाणित गर्न समय, स्रोत र साधन खर्चिरहेको छ, त्यसैबाट पनि को वास्तविक दोषी छ र अत्तालिएको छ भन्ने देखिएकै छ । अन्त्यमा, म सबैमा के आग्रह गर्न चाहन्छु भने, यो प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणका सबै आयाममा निश्पक्ष निकायवाट छानवीन हुनु र दोषीमाथि कारवाही हुनु आवश्यक छ । जुन मान्छे यो सम्पूर्ण घटनाक्रममा मेरो विपक्षि रहेको छ उसैले अनुसन्धान गर्ने र यसमा सम्लग्नहरुलाई निर्दोष सावित गरी मलाई प्रहार गर्ने जुन खेल भैरहेको छ त्यसको अन्त हुनु पर्दछ र निस्पक्ष निकायवाट भोलि हुने अनुसन्धानलाई एउटा निस्कर्षमा पुर्याउन सबै प्रकारले सहयोग गर्न म तयार छु ।

म सधैं मुलुकको एक निष्ठावान सिपाही रहेको छु । जनप्रतिनिधिका रुपमा पनि मेरो त्यो कर्तव्य थपिएको छ । तर अहिलेको संक्रमणकालीन कामचलाउ सरकार र त्यसको इशारामा वर्तमान प्रहरी नेतृत्वले जसरी पटकपटक मेरो जीउज्यानमाथि धावा बोल्ने प्रयास गरेको छ, त्यसले मेरो जीवन नै असुरक्षित रहेको अवस्था छ । त्यसैले, म सम्पूर्ण मतदाता र शुभचिन्तकहरुलाई राज्य संयन्त्रले निश्पक्ष ढंगले काम गर्ने र यस्तो गम्भीर प्रकृतिको कुनैपनि अनुसन्धान पूर्वाग्रहप्रेरित नहुने वातावरण नबनुञ्जेल धैर्य गर्न विनम्र आग्रह गर्दछु । र, यो सरकारले विधि, नियम र मर्यादा मिचेर गरेका यो लगायत सम्पूर्ण कामहरुको आगामी जनमुखी सरकारले अद्योपान्त अनुसन्धान गर्नुपर्छ भन्ने पनि मेरो आग्रह छ । म सधैं न्याय र विधिको शासनको पक्षमा उभिएको छु र उभिइरहने विश्वास दिलाउन चाहन्छु । धन्यवाद ।

नवराज सिलवाल
प्रतिनिधिसभा सांसद, 
ललितपुर क्षेत्र नं १

यो पनि 
नवराज सिलवालविरुद्ध डिफ्युजन नोटिस जारी, १९२ देशमा निगरानी

नवराज सिलवाललाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न सातै प्रदेशमा सर्कुलर
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४  १२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC