देश
काठमाडौं । लमजुङको राईनस नगरपालिका ८ घुमाउनेस्थित मर्स्याङ्दी खोलाको किनारमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
बिहीबार साँझ खोला छेउमा सोही नगरपालिका ९ राम्चेका ३२ वर्षिय जिवन गुरुङ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्थानीय बासीले मृत अवस्थामा रहेका गुरुङलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । गुरुङ मृत्युका बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४ ०९:५६
प्रतिक्रिया दिनुहोस्