site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ (रासस) । विगतमा सञ्चालनमा रहेका तर हाल बन्द अवस्थामा रहेका ३२ स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले रु ११ करोड ३९ लाख ६४ हजार ९७३ रकम तिर्न अटेर गरेका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार रकम तिर्न अटेर गर्ने वायुसेवा कम्पनीलाई ताकेता गरिएको छ । 

विमानस्थल कार्यालयले बक्यौता रकम उठाउन तहसिल कार्यालयलाई अनुरोध गरेको जनाएको छ । विमानस्थल कार्यालयका अनुसार अष्ट्रियन एयरलाइन्सले रु ४३ हजार ६००, बरमा एयरवेजले रु एक लाख ८६ हजार ८५०, लुफथान्सा एयरले रु एक लाख ६३ हजार ६४४, गल्फ एयरले रु २७ लाख आठ हजार ७७७ बक्यौता रकम तिरेका छैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी, एयर सहाराले रु २४ लाख ७८ हजार १२६, बहराइन एयरले रु २४ लाख ६३ हजार ३७१, ओरियन्ट थाई एयरलाइन्सले रु पाँच लाख ८९ हजार ८१३, पाकिस्तान एयरलाइन्सले रु २६ लाख ८४ हजार २३८, सिंगापुर एयरलाइन्स रु पाँच लाख ५८ हजार १२८, किंग फिसर एयरलाइन्सले रु एक करोड १५ लाख ९७ हजार ५६२ बक्यौता तिरेका छैनन् । 

यस्तै जिएमजी एयरलाइन्सले रु एक लाख ५९ हजार १०१, युनाइटेड एयर एडिउफ रु तीन हजार ५३०, युनाइटेड एयरबेजले रु एक लाख ६ हजार ५५५, तुई एयरलाइन्सले रु नौ लाख ५८ हजार ४९८, हङकङ एक्सप्रेसले रु १९ लाख ६२ हजार ९७८ विमानस्थल प्रयोग गरेबापतका रकम तिरेका छैनन् । कार्यालयका अनुसार र्याक एयरबेजले रु एक लाख ८३ हजार ७७२, स्काइलाइन एयरबेजले रु सात लाख ३३ हजार २८० बक्यौता रकम पनि तिरेका छैनन् । 

Global Ime bank

नेपाली एयरलाइन्स पनि उस्तै  
विमानस्थल कार्यालयका अनुसार नेपाली एयरलाइन्स समेत बक्यौता रकम नतिर्ने सूचीमा रहेका छन् । सरकारी निकायलाई तिर्नुपर्ने रकम नतिरी अटेर गर्दै आएका ती वायु सेवा कम्पनी हाल धेरै जसो बन्द अवस्थामा छन् । 
कार्यालयका अनुसार एयर नेपालले रु ७८ हजार ८९७, एयर काष्ठमण्डपले रु तीन लाख २९ हजार २८४, अल्पाइन एयरले रु ७२ हजार ७२८, मकालु एयरले रु ९४ हजार २१८, कर्णाली एयरले रु १६ लाख ६४ हजार ५६, सांग्रिला एयरले रु दुई लाख ३७ हजार ९४४, अल्टिच्यूड एयरले रु तीन लाख २९ हजार ९४५ र माउण्टेन एयरले रु ५२ हजार २८१ बक्यौता रकम तिर्न बाँकी छ । 
यस्तै, नेपाल एयरबेजले रु ११ लाख ७९ हजार ३२०, नेकोन एयर अन्तरराष्ट्रियले रु ६२ लाख ८२ हजार ३२२, नेकोन एयर आन्तरिकले रु चार करोड १० लाख दुई हजार ७३०, हिमाल हेलिकप्टरले रु ६१ हजार ५१८, कस्मिक एयरले रु तीन करोड ३३ लाख १२ हजार ९०६, गरुड एयरले रु २७ हजार ४४०, गोरखा एयरलाइन्सले रु छ लाख ५७ हजार ५४५ बक्यौता तिर्न अटेर गर्दै आएका छन् । 

सञ्चालनमा रहेकाले समेत तिरेनन्
विमानस्थल कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायका अनुसार हाल सञ्चालनमा रहेका एयरलायन्सले रु ६६ करोड ३९ लाख ४६ हजार ३०८ रकम तिर्न अटेर गरेका छन् । 

सरकारी कार्यालय तथा संघसंस्थाले समेत रु ५५ करोड १२ लाख २१ हजार ८१६ तिरेका छैनन् । यस्तै, सञ्चालनमा नरहेका संघ/संस्था/फर्मको रु दुई करोड ९७ लाख ५७ हजार ५१८ र सञ्चालनमा रहेका संस्थाको रु १२ करोड ४५ लाख ८३ हजार ६०३ बक्यौता रकम देखिएको छ । 

त्रिभुवन विमानस्थल भन्सार कार्यालय, नेपाल वायु सेवा निगम कार्यालयले समेत बाँकी रकम तिर्न अटेर गरेका छन् । विमानस्थल कार्यालयका अनुसार भन्सार कार्यालयले रु ५५ करोड १२ लाख २१ हजार ८१६ र निगमले रु ३२ करोड २१ लाख नौ हजार ५०० तिरेका छैनन् । 

यी दुई सरकारी निकायबाट मात्रै विमानस्थललाई रु ८७ करोड ३३ लाख ३१ हजार ४०९ बक्यौता रकम प्राप्त हुन बाँकी छ । निगमले समय तालिका बनाएर बक्यौता रकम तिर्ने प्रतिबद्धता जनाए पनि भन्सार कार्यालयले भने विभिन्न बहानामा रकम नतिरेको विमानस्थल कार्यालयले जनाएको छ । 
विमानस्थल कार्यालयले सञ्चालनमा नरहेका वायुसेवा कम्पनी र संघसंस्थाको रकम असुलीको लागि विमानस्थल कार्यालयले प्रक्रिया शुरु गरेको उपाध्यायले  जानकारी दिए ।
बक्यौता उठाउन केन्द्रीय तहसिलको कार्यालयले प्रक्रिया अगाडि बढाएको छ । 

छुट दिन सकिँदैन – महानिर्देशक

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले बक्यौता रकम असुलउपर गर्ने प्रक्रिया शुरु भएको जानकारी दिए ।
तिर्न अटेर गर्ने वायुसेवा कम्पनीलाई ताकेता गरिएको जानकारी दिँदै उनले भने,– “अटेर गर्नेलाई सरकारी बाँकी बक्यौता असुलउपर बमोजिम रकम उठाइनेछ । कोही कसैलाई छुट दिइँदैन । सञ्चालनमा रहेका वायुसेवा कम्पनीले बक्यौता तिर्न अटेर गरे सेवा सञ्चालनमा समेत रोक लगाइन्छ ।”
उनले बक्यौता उठाउनका लागि केही समय पहिले छानबिन समिति गठन गरेको र समितिको कामका आधारका केही वायुसेवा कम्पनी सम्पर्कमा आएको बताए ।
प्राधिकरण र विमानस्थल कार्यालयले ताकेता गरेपछि एयर एसियाले रु पाँच करोड र अग्नि एयरले रु ७० लाख तिरेको छ । 
विमानस्थलमा विमान अवतरण, पार्किङ गर्दा विमान कम्पनीले शुल्क तिर्नुपर्ने हुन्छ । तर नियमित उडानमा रहेका विमान कम्पनीले पनि शुल्क तिर्न अटेर गरेका छन् ।  
काठमाडौँमा रहेका विभिन्न विदेशी कम्पनीको टिकट बिक्रीको जिम्मा लिएका कम्पनीले रकम तिर्न अटेर गरेपछि सम्बन्धित विमान कम्पनीको केन्द्रीय कार्यालय रहेका मुलुकमै पत्र पठाइएको महानिर्देशक गौतमले जानकारी दिए ।
“ठूलो बक्यौता उठाउनुपर्ने वायुसेवा कम्पनीलाई सम्बन्धित मुलुकमै पत्र पठाइएको छ, केही कम्पनीले रकम तिर्ने प्रतिबद्धता जनाएका छन्” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४  २२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC