site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘खुस्मा’को छायांकन धिरजकै गाउँ मैकोटमा, स्थानीयले गरे स्वागत  

काठमाडौं । अभिनेता धिरज मगर सिनेमाको छायांकनका क्रममा आफ्नै जन्मभूमि पुगेका छन् । आफ्नै जन्मभूमि रुकुमको मैकोट पुग्दा धिरजलाई स्थानीयले भब्य स्वागत गरेका थिए । मैकोटमा जन्मिएका उनी दुई वर्षको उमेरमा यूके गएका थिए ।

धिरज र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु भएको छ । गत माघमा मनाङमा पहिलो चरणको छायांकन गरेको सिनेमाको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटबाट सुरु भएको हो ।

Dabur Nepal
NIC Asia

निर्देशक अशोक थापा मगरले बिहीबारबाट सुरु भएको छायांकन पुन मगरको उद्गम स्थल रुकुमको मैकोट, टकसेरा र कास्कीको पोखरामा गरिने बताए । प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावबीच अंकुराएको प्रेमलाई पर्दामा देखाउनेछ ।

सिनेमामा धिरज र उपासनासँगै अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन(खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायत कलाकारको अभिनय रहेको छ ।

सिनेमाको कथा पनि निर्देशक थापा मगर आफैँले लेखेका छन् । 

सिनेमाका निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगर छन् । सह–निर्मातामा मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको चलचित्रमा दीपक बज्राचार्यको छायांकन रहनेछ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro