site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाबुछोरा नै सुन तस्करीमा, ८८ किलो प्रकरणमा पनि जोडिएका थिए गणेशदत्त

काठमाडौं । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार राति काठमाडौंको न्युरोडबाट करिब डेढ करोड रुपैयाँ र डेढ किलो सुनसहित सातजनालाई पक्राउ गर्‍यो । उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरक्षा केसी नेतृत्वको टोलीले एक करोड ४३ लाख ६० हजार नगद र एक हजार ७६८.२५ ग्राम सुन बरामद गरेको हो ।

तस्करीको सुन र नगदसहित पक्राउ पर्नेहरूमा दार्चुलाको महाकाली नगरपालिकाका ४७ वर्षीय गणेशदत्त बडू, आयुष बडू, झापाको विर्तामोड नगरपालिका–३ का दिनेश खरेल र भरतराज खरेल छन् । त्यस्तै भारतीय नागरिक ३७ वर्षीय अमल विभूति, सोहीका प्रकाश विभूति र गणेश सतिस बाल्टेलाई समेत प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

Gold-1714125960.jpg
 

Dabur Nepal
NIC Asia

उपत्यका प्रहरी कार्यालयको टोलीले करिब तीन हप्ता लामो अनुसन्धानपछि उनीहरूलाई पक्राउ गरेको कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । एसएसपी राठौरका अनुसार तस्करीको सुनसहित पक्राउ परेकाहरूमध्ये मुख्य आरोपी दार्चुलाका बडू हुन् । न्युरोडको रञ्जना मलमा मालिकार्जुन सुन पसल समेत सञ्चालन गर्दै आएका बडूले लामो समयदेखि सुन तस्करी गर्दै आएको खुलेको हो ।

प्रहरीले बरामद गरेको सुन चिनियाँ तस्करी समूहले बडूलाई दिएको खुलेको छ । प्रहरीको अनुसन्धानबाट उक्त सुन १० दिनअघि मात्रै काठमाडौं भित्रिएको खुलेको छ । बडूको साथबाट बरामद भएको नगद रुपैयाँ समेत तस्करीको सुन बिक्रीवापत आएको प्रहरीको दाबी छ ।  

परिवार नै सुन तस्करीमा
प्रहरीले पक्राउ गरेका गणेशदत्त र आयुष बाबु–छोरा हुन् । पुर्खौली घर दार्चुला भए पनि हाल बडू परिवार काठमाडौंको कलंकीमा बस्दै आएका छन् । उनीहरूसँगै पक्राउ परेका झापाका दिनेश र भरतराज पनि सहोदर दाजुभाइ हुन् । उनीहरू गणेशदत्तकै साँढुदाइका छोराहरू हुन् ।

Gold-Taskar-1714125989.jpg
 

उनीहरूले काठमाडौं महानगरपालिका–२४, दुच्छेनली टोलबाट छुट्टाछुट्टै कोठा भाडामा लिएर सुन तस्करी गर्ने गरेको खुलेको हो । सुन र नगद रकम प्रहरीले दुच्छेनली टोलकै खरेल र बडूको कोठाबाट बरामद गरेको अनुसन्धानमा खटिएकी डीएसपी केसीको भनाइ छ ।  पक्राउ परेका भारतीय नागरिक सुन खरिद गर्न बडू र खरेलको कोठामा पुगेको खुलेको छ । बडू समूहले लामो सयमदेखि सुन तस्करीको कारोबार गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ । 

उनीहरूमाथि थप अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग पठाउने तयारी प्रहरीको छ । यद्यपि, राजस्व र सरकारी वकिल कार्यालयले संगठित तस्करीमा अनुसन्धान गर्नुपर्ने अवस्था देखिए उनीहरूमाथि संगठित तस्करी मुद्दामा अनुसन्धान गरिने कार्यालयका एसएसपी राठौरको भनाइ छ ।

८८ किलो सुन तस्करीमा पनि जोडिएका थिए बडू
सुन तस्करीको दुनियाँमा बडू नौलो नाम होइन । उनी २०७४ भदौ १९ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले बरामद गरेको ८८ किलो सुन तस्करी प्रकरणमा समेत संलग्न रहेको खुलेको थियो । त्यतिबेला प्रहरीले संगठित सुन तस्करीमा मुद्दा चलाएको थियो ।

जिल्ला अदालतबाट तीन लाख रुपैयाँ धरौटीमा छुटेका थिए । त्यतिबेला पनि चिनियाँ समूहले रुसुवाको केरुङबाट बा १७ च ६४२७ नम्बरको गाडीबाट सुन काठमाडौं भित्र्याएको थियो ।

प्रहरीले ८८ किलो सुन ल्याएको कार काठमाडौं–१९, धोवीचौरबाट नियन्त्रणमा लिएको थियो । उक्त सुन तस्करी प्रकरणका मुख्य अरोपी चिनियाँ नागरिक रहेको खुलेको थियो । तर, उनी भने पक्राउ परेनन् । उक्त सुन तस्करी प्रकरणमा ११ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro