site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

भक्तपुर । सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौडालाई तोकेपछि भक्तपुरमा यसको विरोध भएको छ ।

जिल्ला समन्वय समिति भक्तपुरले आज जिसस हलमा आयोजना गरेको छलफलबाट सरकारको निर्णयको विरोध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले खटाएको प्राविधिक टोली, जिल्ला समन्वय समिति र दलीय प्रतिनिधिको सुझावलाई लत्याउँदै सरकारले गरेको निर्णय तत्काल सच्याउन माग गर्दै आन्दोलनको घोषणा गरिएको प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले बताए। 

जिससमा भक्तपुरको बैठकमा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, समानुपातिक सदस्य, दलीय प्रतिनिधि, बुद्धिजीवी, पत्रकार र नागरिक समाजसहित सरोकारवालाहरूको छलफलले आजैदेखि आन्दोलन गर्ने घोषणा गर्दै सरकारलाई तत्काल निर्णय सच्याउन माग गरेको हो । 

Global Ime bank

मध्यपुर ठिमीको शिक्षा विभागको कार्यालयमा प्रदेश कार्यलय र बोडेस्थित कृषि विकाश बैंकको तालिम केन्द्रको हल संसद भवनको उपयुक्त भन्दै सरकारले तोकेको समितिले सिफारिश गरेको थियो । सरकारले बुधबार प्रदेश नं.३ को राजधानी हेटौडालाई तोकेको थियो । 

बिहीबार दिउँसोदेखि सानोठिमीमा सहभागी भएर पहिलो चरणको आन्दोलन गरिने र त्यसपछि अन्य अन्दोलनका घोषणा गर्ने जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले जानकारी दिए । 

नेता बस्नेतले भन्नुभयो–“सरकारले अदूरदर्शी निर्णय गरेको छ, दिउँसोसम्म भक्तपुरलाई नै ३ नं. प्रदेश बनाउने निर्णय परिवर्तन भएको थियो, तर साँझ उपप्रधानमन्त्री कमल थापाको एकलौटी निर्णयअनुसार ३ नम्बर प्रदेशको राजधानी घोषणा गरेको जानकारी पाइयो, सरकारसँग तत्काल यो निर्णय सच्याएर भक्तपुरलाई नै प्रदेश राजधानी बनाउन माग गर्दै आन्दोलनको घोषणा गरिएको छ ।” 

प्रदेश सांसदहरू राजेन्द्रमान श्रेष्ठ, हरिशरण लामिछाने, सरस्वती वाटी, जिल्लाका विभिन्न नगरपालिकाका नगरप्रमुख, उपप्रमुख लगायतले पनि सरकारको निर्णय स्वीकार्य नभएको भन्दै सच्याउन माग गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  ०२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC