देश
काठमाडौं । दाङको राप्ती गाउँपालिका ३ मसुरियामा बुधबार राति बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
राति ११ बजे ना ५ ख ४६ ८६ नम्बरको बसको ठक्करबाट राप्ती गाउँपालिका ५ का १९ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनएको छ ।
चौधरीलाई ठक्कर दिएर बस सडक किनारमा पल्टिँदा बसमा सवार १० जना घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको इलाका प्रहरीले जनाएको छ ।
दुर्घटनामा सलंग्न बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४ १०:२९
प्रतिक्रिया दिनुहोस्