site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

लिवाङ । रोल्पाको सुवर्णावती गाउँपालिकाको नाम यथावत राख्नुपर्ने माग अघि सारेर गठित संघर्ष समितिले शनिबार गाउँपालिका क्षेत्रभित्र यातायात बन्दको घोषणा गरेको छ । 

संघर्ष समितिले शुक्रबार गाउँपालिका कार्यालयलाई निर्णय सच्याउन अल्टिमेटम दिँदै शनिबार गाउँपालिका क्षेत्रमा यातायात बन्दको घोषणा गरेको हो । संघर्ष समितिका संयोजक तथा एमाले क्षेत्र नम्बर १ का सहसंयोजक खिमचन्द्र पुनमगरले शनिबार गाउँपालिका क्षेत्रमा नगरपालिकाको कदमको विरोध गर्दै विरोध सभापनि आयोजना गरिने जानकारी दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

संघर्ष समितिले आन्दोलनका पूर्वनिर्धारित कार्यक्रमअनुसार आइतबार सुवर्णावती गाउँपालिकाभित्र यातायातसँगै शिक्षण संस्था, बजार, उद्योग–कलकारखाना पनि बन्दको घोषणा गरेको छ । समिति संयोजक पुनमगरले त्यति गर्दा पनि नगरपालिकाले आफ्नो निर्णय नसच्याए पुष १७ गतेदेखि गाउँपालिकामा अनिश्चितकालिन बन्दको आव्हान गरिने पनि बताएका छन् । 

गत पुष १३ गते बसेको संघर्ष समितिको बैठकले चरणबद्ध आन्दोलनको घोषणा गर्दै सुलिचौर बजार परिक्रमा गरेर गाउँपालिका कार्यालय अगाडि विरोध सभा गरेको थियो । नगरपालिकाले पुष १२ गते सुवर्णावतीको नाम सुनिल स्मृति राख्ने निर्णय गरेको थियो । गाउँपालिकाका उपाध्यक्ष वाग्मती थापाका श्रीमान् सुनिलको नाममा सुवर्णावतीको नाम राखिएको भन्दै स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका छन् ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १४, २०७४  २०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC