काठमाडाैं । वित्तीय सन्देश प्रणाली स्विफ्ट (SWIFT) ले मंगलवार अाफ्ना सदस्य बैंकहरूमा नयाँ साइबर चाेरी र ह्याकिङ बढिरहेकाले गत फरबरीमा बंगलादेश बैंकमा भएको ८ कराेड १० लाख डलरको चाेरीपछि लागु गरिएको सुरक्षा नियम पालन गर्न दबाब दिएको छ ।
रोयटरले जनाएअनुसार मंगलवार अाफ्ना सदस्यहरूलार्इ पठाएको गाेग्य पत्रमा स्विफ्टले जुनपछि नयाँ सुरक्षा व्यवस्था लागु गरिए पनि साइबर चाेरीका घटना देखा परेको जनाएको छ ।
सदस्यहरूको सहकारीका रूपमा कार्यरत ब्रसेल्ल्समा रहेको स्विफ्टका अनुसार साइबर चोरहरूले पैसा पठाउने विषयमा अपेक्षाकृत खुकुलो सुरक्षा व्यवस्था भएका बैंकलार्इ तारो बनाएको पनि जनाएको छ । तर, स्विफ्टले साइबर चोरी भएका बैंकहरूको नाम बताउन भने अस्वीकार गरे ।
अमेरिकाका ६ जना सिनेटरले जी-२० का नेताहरूलार्इ संवेदनशील वित्तीय संस्थामा हुनसक्ने साइबर अपराध नियन्त्रण गर्न साझा रणनिति बनाउन सहमत हुन अाह्वान गरेका छन् ।