देश
काठमाडौं । उदयपुरमा बम विस्फोट भएको छ । उदयपुरको उदयपुरगढी ६ मा बिहान बम विस्फोट भएको छ । बम विस्फोटमा परी उदयपुर २ का कांग्रेस उमेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएका छन् ।
उनीसँगै चालक राजन कार्की, धनमाया धौलाकोटी र निरा कटुवाल पनि घाइते भएका छन् । कार्की सवार गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०७४ १२:३२
प्रतिक्रिया दिनुहोस्