site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रेता युगमा भएको राम सिताको विवाहको सम्झनामा जनकपुरमा विवाह पञ्चमी महोत्सव मनाइएको छ । 

बिहीबार अपरान्ह २ बजेपछि जानकी मन्दिरबाट बाजा–गाजा, लावा–लस्करसहित निस्किने जानकीको डोला तथा राम मन्दिरबाट निस्किने रामको डोलाबीच ऐतिहासिक रंगभूमि बाह्रविघा मैदानमा विवाह पञ्चमी महोत्सवको मनाइएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्रेतायुगमा राम–जानकीबीच यसै मैदानमा स्वयम्वर भएको विश्वास छ । विवाह महोत्सवमा नेपाल र भारतका विभिन्न स्थानबाट दुई लाख अधिक श्रद्धालु सहभागी भएको दाबी जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासको छ ।

यस वर्ष जाडो त्यति नभएको तथा धानको उत्पादन पनि राम्रो भएको कारण श्रद्धालुहरुको संख्यामा वृद्धि भएको छोटे महन्थ दासले बताए ।

Global Ime bank

साँझ जानकी मन्दिरमा आयोजना गरिएको विवाह मण्डपमा विवाह हुने गर्दछ । सीता स्वयम्बरमा विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो । राम मन्दिरका महन्थ राम गिरी र जानकी मन्दिरका महन्थ राम तपेश्वर दासको नेतृत्वमा स्थानिय रंगभुमि मैदानमा भगवानको डोला पुगेर त्यहाँ स्वयम्बर गरिएको थियो । त्यस अवसरमा लाखौको संख्यामा श्रद्धालुहरुको सहभागिता रहेको थियो ।

मेला भर्न आएका श्रद्धालुहरुको आवास तथा भोजनको व्यवस्था विभिन्न समाजसेवी संघ संस्थाहरुले गरेका छन् । स्टेशन एरिया युवा क्लबका सदस्यहरुले श्रद्धालुहरुको लागी आवास तथा भोजनको व्यवस्था समेत गरेका छन् ।

साताव्यापी रुपमा मनाइने रामजानकी विवाह महोत्सवमार्फत् मिथिलाको वैवाहिक विधि विधानलाई पनि उद्घघाटित गरिन्छ । जनकपुरमा हरेक वर्ष विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०७४  ०१:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC