राजनीति
काठमाडौं, २१ असार ।
सरकार परिवर्तनका विषयमा छलफल गर्न मंगलबार माओवादी केन्द्रको पोलिट्व्यूरो बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउसो १ बजे सुरु हुने बैठकमा नयाँ सरकार गठनको विषयमा छलफल हुने माओवादी केन्द्रका नेता मणि थापाले जानकारी दिए । थापाले भने,“संविधान कार्यान्वयनका लागी सहमतिको सरकार आवश्यक रहेकोले सरकारको विषयमा छलफल हुन्छ ।”
बैठकमा बर्षमान पुन संयोजकको कार्यदलले तयार पारेको संगठनात्मक कार्यविधि सम्बन्धी प्रतिवेदन पेश गर्दैछ । आजको बैठकमा पार्टीको संगठनात्मक ढाँचा तथा निर्वाचन विधि तयार गर्न बनाइएकोे समितिले पेश गर्ने प्रतिवेदन माथि समेत छलफल हुने नेता थापाले बताए । उनले भने, “आजको बैठकमा समितिले तयार पारेको विशेष विधान प्रतिवेदनमाथि छलफल हुनेछ । महाधिवेशनको मिति समेत तोकिने सम्भावना छ ।”
प्रकाशित मिति: मंगलबार, असार २१, २०७३ ११:४३
प्रतिक्रिया दिनुहोस्