site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले–माओवादीले ३२ जिल्लाको क्षेत्र टुंग्याए (सूचीसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले सिट बाँडफाँट टुंग्याएका छन् । लामो रस्साकस्सी पछि दुई दल सम्मिलित कार्यदलले बिहीबार अबेर राति प्रदेशसभा र प्रतिनिधिसभाअन्तर्गत पहिलो चरणमा हुने निर्वाचनको क्षेत्र बाँडफाँट गरेका हुन् । तथापि ती क्षेत्रमा उमेदवारी भने टुंगो लाग्न बाँकी छ ।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ३७ निर्वान क्षेत्रमध्ये एमाले ताप्लेजुङ, पाँचथर, संखुवासभा, ओखलढुंगा, खोटाङ, दोलखा, रसुवा, सिन्धुपाल्चोक–२, नुवाकोट–२, धादिङ–१ धादिङ–२, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ–१, डोल्पा, मुगु, बझाङ, बाजुरा,  बैतडी, दार्चुला पाएको छ  ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै माओवादी केन्द्रले भोजपुर, सोलुखुम्बु, रामेछाप, सिन्धुपाल्चोक–१, नुवाकोट–१, लम्जुङ, गोरखा–१ र २, बाग्लुङ–२, रोल्पा, रुकुम पूर्व पश्चिम दुर्व, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट पाएको छ । 

बाँडफाँट भएका निर्वाचन क्षेत्रमध्ये गोरखाको दुवै माओवादी केन्द्रको भागमा परेको भने धादिङका दुवै क्षेत्र एमालेले लिएको छ । 

Global Ime bank

६०/४० को भागबन्डा गर्ने सैद्धान्तिक सहमति भए पनि पहिलो चरणको चुनाव हुने ३२ जिल्लामा एमालेले ५७ र माओवादीले ४३ प्रतिशत सिट बाँडफाँट गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०७४  १०:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC