site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रतिकृयावादी एक हुँदैछन् : अध्यक्ष ओली
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी गठबन्धनबाट अताल्लिएका प्रतिक्रियावादी शक्ति एक हुन थालेको टिप्पणी गरेका छन् । मंगलबार पार्टी कार्यालयमा युवा संघका अगुवा कार्यकर्तालाई प्रशिक्षित गर्दै उनले प्रतिक्रियाबादी एक भए आमनेसामने हुन सजिलो हुने बताएका छन् ।

उनले कांग्रेसले वामपन्थी अधिनायकवादको हल्ला फिँजाएको उनको भनाइ थियो ।

“०४८ सालको निर्वाचनमा पनि यस्तै हल्ला फिँजाइयो । वामपन्थीले बूढाबूढीलाई पुर्न खाल्डो खनेको समेत भने । त्यसपछिका निर्वाचनमा पनि त्यस्तै हल्ला फिँजाइयो । अहिले कम्युनिस्ट अधिनायकवादको बजार हल्ला चलाइयाछ,” उनको टिप्पणी थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले एमाले मुलुकको पहिलो शक्ति भएको जिकिर गर्दै आउने निर्वाचनमा बहुमत ल्याउने जिकिर पनि गरे ।

“स्थानीय तहको निर्वाचनमा देशभर एमालेका १४ हजार कार्यकर्ता विजयी भएका छन् । कांग्रेसको ११ हजार मात्रै हो । मत पनि एमालेको ३० हजार र कांग्रेसले २९ हजार मत प्राप्त गरेको छ,” उनको भनाइ थियो ।

Global Ime bank

उनले तराई–मधेसमा पनि एमाले दोस्रो भएको भन्दै ‘दुई नम्बर प्रदेशमा एमाले विरुद्ध बाँस तेस्र्याइएको थियो, पन्छाउन थाल्दा कांग्रेस अघि लागेको’ उनको तर्क थियो ।

उनले टिकट कसले पाउँछ त्यो महत्त्वपूर्ण कुरा नभएको बताउँदै एमाले नेतृत्वका वामपन्थी गठबन्धनले निर्वाचन जित्नु महत्त्वपूर्ण कुरा भएको औँल्याएका थिए ।

बाह्रखरीमा प्रकाशित समाचारप्रति आपत्ति 

अध्यक्ष शर्मा ओलीले सोमबार बाह्रखरीमा प्रकाशित ‘६ करोडको मुद्दाले एमालेमा खैलाबैला !’ शीर्षक समाचारको खण्डन गरेका छन् । मंगलबार पार्टी मुख्यालयमा युवा संघका अगुवा कार्यकर्तालाई चुनावी प्रशिक्षण दिँदै बाह्रखरीको समाचारप्रति आपत्ति जनाएका छन् ।
“एमालेलाई कसैको परिवारको चुनावप्रति मतलव छैन । एनआरएनमा जसले चुनाव जिते पनि एमालेलाई चासोको विषय होइन,” बाह्रखरीको नामै लिएर उनले यसो भने ।
उनले गैरआवासीय नेपाली संघका कुनै पनि सदस्यबाट पैसा नलिएको र एमाले ‘कांग्रेसजस्तो पार्टी नभएको’ जिकिर गरेका हुन् ।

“यो कांग्रेसकै प्रचार हो,” ओलीले भने, “बेइमानी निराधार कुरा र समाचार हो । त्यसस्तरको घटिया पत्रकारिता नगर्नुस् । एमाले त्यस्ता पैसाको कारोबार गर्दैन । कसले कसको श्रीमति उठाउँछ एमालेलाई के मतलव ? एनआरएनमा पनि परिवार दल अन्त पनि परिवार दल ? एमालेले पैसा लिने समर्थन बेच्ने प्रकारका घटिया काम गर्दैन । देश बनाउने उद्देश्य बोकेको छ । यो पार्टीलाई कांग्रेस पार्टी ठानेका छन् कि क्याहो ? यस प्रकारका काम एमालेले गर्दैन । एमालेका विरुद्ध योजनावद्ध प्रचार गरियो । यो पित पत्रकारिता भयो । यसको कुनै आधार छैन ।”

“बाह्रखरीको पत्रकार प्रमाण लिएर आओस्,” ओलीले भने, “कांग्रेसले यस्ता प्रचार गरिरहन्छ तपाइँहरु आगामी दिनमा हैरान हुनुहुन्छ ।”

 

नोटः बाह्रखरीमा प्रकाशित  ‘६ करोडको मुद्दाले एमालेमा खैलाबैला’ शीर्षकको समाचार स्रोतप्रति हामी पूर्ण विश्वस्त छौं ।– सम्पादक 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  १७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC