विदेश
ईयुबाट बेलायत छुट्टिनुपर्छ भनेर अभियान चलाउनेमध्ये अग्रणी नेता नाइजल फरागले सोमवार युकिप पार्टीको नेता पदबाट राजीनामा गरेकाछन् ।
युरोपेली संसद्का सदस्य फराग विगत दस वर्षयता युरोपबाट बाहिरिने अभियानको नेतृत्व गर्दै आएका थिए । समाचार एजेन्सीहरूका अनुसार राजीनामाको घोषणा गर्दै फरागले आफ्नो उद्देश्य (बेलायत युरोपबाट बाहिर निस्कने) पूरा भएकाले व्यापारमै फर्कने निर्णय गरेको बताएका थिए ।
बेलायतलाई स्वतन्त्र बनाउने उद्देश्य राखेरमात्र राजनीतिमा आएकाले पुरानै पेसामा फर्केको बताउँदै युरोपबाट बाहिरिने वार्तामा संलग्न भएर योगदान गर्ने चाहना भए पनि सरकारको इच्छामा निर्भर हुने बताएका थिए ।
प्रकाशित मिति: सोमबार, असार २०, २०७३ १६:३६
प्रतिक्रिया दिनुहोस्