काठमाडौं। क्रिकेटको मैदानमा देखिने शक्ती गौचन शनिबार नखिपोटमा भेटिए, प्रसँग थियो म्युजिक भिडियो शुटिङको । सधै क्रिकेट मैदानमा देखिदै आएका शक्ति अब म्युजिक भिडियोमा समेत देखिने भएका छन् ।
गायक सन्तोष बस्नेतको शब्द, संगीत र स्वर रहेको आमाको बोलको उक्त गीतको म्युजिक भिडियोमा शक्ति देखिने छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोमा शक्ति क्रिकेटरका रुपमै प्रस्तुत हुनेछन भने वरिष्ठ कलाकार मिथिला शर्मा पनि भिडियोमा रहेकी छन् ।
अर्जुन तिवारीले खिचेको यो म्युजिक भिडीयोलाई निशान घिमिरेले सम्पादन गरेका छन्। गीतको छायांकन भर्खरमात्र सकिएको हो र छिट्टै यो म्युजिक भिडियो दर्शकमाझ आउने भएकाे छ। यसअघि पनि निकेशकै निर्देशनमा फुटबल खेलाडी रुपेश केसीले प्रियंका कार्कीसँग म्युजिक भिडियो खेलेका थिए।