site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अन्तरघात गर्नेलाई काँग्रेसको स्पष्टीकरण,को को छन् अन्तरघाती ?
Sarbottam CementSarbottam Cement

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै विभिन्न नेता, कार्यकर्तामाथि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

समितिका संयोजक रमेश रिजालको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय, विपी स्मृति भवनमा बसेको बैठकले सो निर्णय गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग र अन्तर्घात गरेको भनी पार्टी केन्द्रीय कार्यालयमा प्राप्त उजुरीमा आरोपित व्यक्तिसंगस्पष्टीकरण माग गर्ने निर्णय गरिएको सो पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

स्पष्टीकरण सोधिएकामा सांसद् मीठु मल्ल, जगदीश्वर नरसिंह केसी, ललितजंग शाही, तीर्थ खनीयाँ लगायत छन् ।

Global Ime bank

काँग्रेसको नुवाकोटका सभापति समेत रहेका सांसद् केसीले एक/दुई जनाले षड्यन्त्रपूर्वक उजुरी दिएका भरमा अनुशासन समितिले त्यस्तो निर्णय गरेको दाबी गर्दै आफूले कुनै अन्तरघात गरेको पुष्टि भए पार्टीबाट राजीनामा दिने जनाए ।

बैठकले पहिलो र दोस्रो चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेका प्रदेश नं. १, ३, ४, ५, ६ र ७ (२ नं. प्रदेश बाहेक) मा पार्टीका कुनै सदस्यले पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध असहयोग र अन्तर्घात गरेको सम्बन्धमा केन्द्रीय कार्यालयमा उजुरी दिन आगामी असोज १० गतेसम्मको समय तोक्ने निर्णय गरेको छ । 

काँग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि २०७० लाई आवश्यक संशोधन सहितपारित भएको छ । समितिको सचिवमा काँग्रेस केन्द्रीय कार्यालयका सचिव अधिवक्ता केशव रिजाललाई नियुक्त गरिएको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  ०६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC