site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उपसभामुखलाई निर्वाचन आयोगको स्पष्टीकारण : चुनाव प्रचारमा किन भारतीय नम्बरको गाडी प्रयोग गर्नुभयो ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको भन्दै उपसभामुख गंगाप्रसाद यादवलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । 
प्रदेश नम्बर २ हुन लागेको स्थानीय निर्वाचनका क्रममा सप्तरी जिल्लाको निर्वाचन प्रचार–प्रसारमा निर्वाचन आचारसंहिता विपरीत भारतीय नम्बर प्लेटका गाडीहरू प्रयोग गरेकोले आयोगले स्पष्टिकरण सोधेको हो ।  
“संसद्को उपसभामुख पदमा रहेको व्यक्तिले आचारसंहिता विपरीत चुनाव प्रचार–प्रसार गरे बापत यहाँलाई कारबाही हुनुपर्ने हो–होइन ?” भन्दै आयोगले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको विज्ञप्तिमार्फत जनाएको हो ।
त्यसैगरी, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई पनि २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
दाहाल सोमबार नेपाली कांग्रेसले ललितपुरमा आयोजना गरेको राजनीतिक कार्यक्रममा उपस्थित रहेको सूचना आयोगमा आएकाले स्पष्टिकरण सोधिएको हो । 
नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष पदमा रहेको पदाधिकारी कुनै दल विशेषले आयोजना गरेको राजनीतिक कार्यक्रममा संलग्न हुनु आचारसंहिता विपरीत भएकाले स्पष्टिकरण सोधेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २७, २०७४  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC