site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
खान भएकै कारण अमेरिकी विमानस्थलमा पक्राउ पर्छन् भारतीय सेलिब्रेटीहरु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एजेन्सी । अघिल्लो साता भारतीय अभिनेता साहरुख खानले लस एन्जलस ल्याक्स विमानस्थलमा पक्राउ परेको भन्दै ट्विट गरे–यो घटना समाचारको शीर्षक बन्यो । बलिउड अभिनेताले अमेरिकी अध्यागमन अधिकारीबाट यस किसिमको व्यवहार सामना गर्नुपरेको यो पहिलोपल्ट होइन, तेस्रो पटक हो ।
प्रवेश पूर्व साह रुख खानलाई किन र कति समय पक्राउ गरेर राखियो भन्ने विषय अझै पनि स्पष्ट भएको छैन । तर यस घटनाले कति भारतीय सेलिब्रेटीहरुले अमेरिका भ्रमण गर्दा विगतका समयमा यस किसिमको व्यवहार सामना गर्नुपरेको छ भन्ने विषयमा प्रश्न उठाएको छ ।
तर केही समयपछि  अमेरिकी अध्यागमन विभागले माफी पनि माग्यो । तर किन भारत  र अन्य देशबाट आउने उच्च ओहदाका मानिसलाई यसरी पक्राउ गरिन्छ भन्ने विषयमा जानकारी दिइएन । यस किसिमको सुरक्षा कडाइको सामना गर्नेमा भारतीय मात्रै पर्दैनन् । मध्यपूर्वबाट भ्रमण गर्नेले पनि यस किसिमको अवस्थाको सामना गर्दै आएका छन् ।
२०१३ मा प्यालेस्टिनी चलचित्र निर्माता इमाद बर्नाट र उनको परिवारलाई पनि ल्याक्स विमानस्थलमा पक्राउ गरिएको थियो । उक्त समयमा उनले आफू एकेडेमी अवार्डका लागि गएको प्रमाणित गर्नुपरेको थियो ।
२०१४ मा आउटलुकलाई दिएको अतिथि लेखमा साहरुख खानले अमेरिकी अध्यागमन अधिकारीहरुले २००९ को सोधपुछमा आफ्नो थरको बारेमा प्रश्न गरिएको बताएका थिए । उक्त समयमा उनलाई न्यू जर्सीको नेवार्क विमानस्थलमा पक्राउ गरिएको थियो । थर खान भएकै कारण अन्यलाई पनि यसै किसिमको व्यवहार गरिन्छ कि भन्ने विषयमा आफू अचम्मित भएको उनले बताए ।
सुपरिचित भारतीय अभिनेता इरफान खान, जो बारम्बार बलिउड र हलिउड गरिरहन्छन्, उनलाई पनि अमेरिकामा २ पटक पक्राउ गरिएको थियो । उनलाई २००८ मा लस एन्जलसमा आइपुग्दा पहिलो पटक र पछि न्यूयोर्कमा पनि पक्राउ गरिएको थियो ।
२००९ को घटनालाई स्मरण गराउँदै खानलाई उधृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ,“म क्रोधित भए” । उनले भने,“मलाई चुपचाप कोठामा बोलाइयो र प्रश्न गरियो र परिचयको प्रमाणिकरण गरियो । मलाई कुरा गर्न अनुमती दिइएन । मलाई किन यस्तो किसिमको व्यवहार गरियो भनेर सोध्दा मलाई चुप लाग्न भनियो ।”
उनलाई फोन प्रयोग गर्न पनि दिइएन । उनीहरुले भने चुप लागेर बस । आफ्नो नाम इरफान भएकै कारण उनीहरुले यसो गरेको उनी बताउँछन् । 
यसैगरी भारत–चीनको सह उत्पादन ‘द जुकिपर’ मा काम गर्न तोकिइसकेका बलिउडका सुपरिचित निर्देशक कबिर खानलाई पनि २ पटक प्रश्न गरियो । पहिलो घटना ९÷११ को लगत्तै २००१ मा भएको थियो । उक्त समयमा उनी लस एन्जलसबाट वासिङटनको उडानमा गएका थिए । उनले अर्का यात्रुसँग हिन्दीमा कुरा गरिरहेका थिए । यसैबीच केही यात्रुले अचम्म लाग्दो भाषामा कुरा गरेको भन्दै गुनासो गरे र एफबीआईका एजेन्ट आए । “जब उनीहरुले मेरो नाम थाहा पाए, तब उनीहरुले मलाई २ घन्टा भन्दा बढी अवधि सोधपुछ गरे । उनीहरुले मेरो नामको सम्बन्ध आतंकवादसँग भए वा नभएको खोजी गरे र त्यसपछि मात्रै मलाई उड्न दिए,” उनले भने ।
मुश्लिमसँग मिल्दोजुल्दो नाम भएकैले फिल्म निर्माता कमल हसनले पनि यस्तै व्यवहारको सामना गर्नुपरेको छ ।
सेलिब्रेटीबाहेक पूर्व भारतीय राष्ट्रपति ए पी जे अब्दुल कलामले पनि यस्तै व्यबहारको सामना गर्नु परेको छ । उनले न्यूयोर्कको जोन एफ केनेडी विमानस्थलमा २०११ मा यस किसिमको व्यवहारको सामना गर्नुपरेको थियो ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७३  ०८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC