site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
'रामेश्वरबाट सम्राट हुने मन छ'
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
नेपाली रजतपटको नयाँ अनुहारमा एउटा लोकप्रिय नाम हो, नाजिर हुसेन । सम्भवतः नेपाली सिने नगरीमा मुस्लिम समुदायबाट ‘डेब्यु’ गर्ने पनि उनै हुन् । तर, यसमा उनलाई न अभिमान छ, न त घमण्ड । ‘पुन्टे परेड’, ‘जंगे’, ‘होस्टेल रिटन्र्स’, ‘वीर विक्रम’ र ‘गाँठो’ गरी ५ वटा सिनेमामा अभिनय गरिसकेका उनी एक त्यस्ता पात्र हुन्, जसलाई समानान्तर पात्रमा उतारिँदा पनि उनै मुख्य रोलमा रहेको अनुभूति भइदिन्छ । यही क्षमताका कारण उनी अहिले लोकप्रिय छन् । नाजिर अभिनीत ‘वीर विक्रम’ अहिले प्रदर्शनमा छ भने उनैले अभिनय गरेको ‘गाँठो’ले भदौ ३१ को रिलिज डेट पाएको छ । उनै नाजिरसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानी: 
 
‘गाँठो’ कस्तो चलचित्र हो ?
फेमेली ड्रामा र फ्रेन्डसिप सिनेमा हो । साथीको सम्बन्धलाई लिएर बनाइएको छ ।
 
विषयवस्तु के हो ?
चित्रकला । 
 
मुख्य विषयवस्तु नै चित्रकला ?
होइन, पेन्टिङ माध्यममात्रै हो । पेन्टिङका माध्यमबाट साथीहरूबीचको सम्बन्धलाई देखाउन खोजिएको छ । साथी–साथीबीचको सम्बन्ध नै मुख्य विषय हो । पेन्टिङ यो सिनेमामा साधन हो, साध्य भने होइन । 
 
मुख्य भूमिकामा को–को हुनुहुन्छ ?
म आफैँ, अभय बराल र नम्रता श्रेष्ठ मुख्य भूमिकामा छौँ । 
 
कसको भूमिका के छ ?
नाजिर (सम्राट) पेन्टर, अभय बराल (विष्णु) पेन्टिङ विक्रेता र नम्रता श्रेष्ठ (सिम्रन) रिसर्चरको भूमिकामा छौँ । 
 
टिजर हेर्दा त केही बुझिँदैन त ?
कसले कसरी बुझ्नुहुन्छ भनेर त्यो सार्वजनिक गरिएको हो । स्थायी क्यानभासमा पेन्टिङ नै देखाइएको हो । त्यहाँ एक्टर चेन्ज हुन्छ तर क्यानभास चेन्ज हुँदैन । मुभिङ पेन्टिङ देखाउन चाहेको हो । गीत हेर्नुहुन्छ भने पनि एक्टर चेन्ज हुन्छ तर सिन चेन्ज हुँदैन । रमाइलो छ । 
 
नरेन्द्र महर्जनको बहुअपेक्षित चलचित्र ‘फन्को’ले राम्रो व्यापार गरेन । फेरि उहाँको ‘गाँठो’मा तपाईं पनि हुनुहुन्छ, कस्तो लागिरहेको छ ?
दुर्भाग्य ! ‘फन्को’ त मैले हेर्न पाइनँ । तर, ‘मुखौटा’ हेरेको थिएँ । म त त्यो सिनेमाबाट प्रभावित भएको हो । खिचाइको दृष्टिकोणले निकै राम्रो लाग्यो । उहाँले त्यो स्क्रिप्ट पढिसकेपछि सबै दृश्य समेटेर एउटा बुकजस्तो ल्याउनुभएको थियो । त्यो फरर्र पल्टाएर हेर्दा त्यसमा पूरै सिनेमा देखिन्थ्यो । म त यस्तो पनि हुँदोरहेछ भनेर छक्क परेको थिएँ । युरोपियन स्टाइलमा काम गरिरहेको अनुभूति भएको थियो । नेपालमा पनि यति धेरै मेहनत गर्छन् भन्ने मैले सोचेकै थिइनँ । 
सिनेमा चल्नु र नचल्नु फरक कुरा हुन् । सिनेमा कस्तो बनेको छ भन्ने मुख्य कुरा हो । राम्रा चलचित्र नचलेका धेरै उदाहरण पनि छन् । हाम्रो युनिटले राम्रो काम गरेको छ । सिनेमा राम्रो बनेको छ । 
मेरो यो पाँचौं सिनेमा हो । म लामो समय थिएटरमा काम गरेको कलाकार भएकाले ‘गाँठो’मा काम गर्दा थिएटरमै काम गरेको फिल भएको थियो ।
 
चलचित्रको लोकेसन कहाँ हो ?
७५ प्रतिशत पोखरामा छ । बाँकी स्याङ्जा, गुल्मी र पाल्पामा छायांकन भएको थियो ।
 
‘गाँठो’को राम्रो पक्ष के हो ?
मलाई व्यक्तिगत रूपमा आर्ट पेन्टरको भूमिका गर्न मन थियो । स्क्रिप्ट पढ्दा नै मलाई त्यो मन परेको थियो । र, मैले निर्देशकलाई यो क्यारेक्टर मलाई दिनू भनेको थिएँ । मण्डला थिएटरमा ‘घोस्ट’ भन्ने नाटक गर्दादेखि नै पेन्टिङप्रति मेरो मोह जागेको थियो । त्यहाँ मैले पेन्टरको रोल गरेको थिएँ । त्यो मैलै ‘गाँठो’मा पाएँ । त्यही नै मेरा लागि राम्रो पक्ष हो । अर्को राम्रो पक्ष भनेको स्टोरी र सिनेम्याटोग्राफी नै हो । त्यो कुरा सिनेमा हेर्दा दर्शकले पाउनुहुनेछ  । 
 
गीत पनि चलिरहेको टे«न्डभन्दा फरक छ हैन ?
हो । मलाई पनि फरक नै लाग्छ । शायद चलचित्रको कथाले त्यस्तै माग्यो । त्यसैले त्यस्तो गीत बनाइयो । त्यहाँ पनि अभिनेताहरू चलायमान हुन्छन् तर क्यानभास भने स्थिर हुन्छ । अरुभन्दा धेरै फरक छ यो गीत । सिनेमाको विशेषता नै यही हो । 
 
मण्डलामा नाटक सिक्न कहिलेबाट सुरु गर्नुभयो ?
सन् २००९ को अन्तिमबाट सुरु गरेको हुँ । अझै जारी छ सिक्ने क्रम । 
 
नाटक सिकेर सिनेमामा प्रवेश गर्छु भनेर मण्डला छिर्नुभएको थियो कि यत्तिकै ?
सिनेमामा काम गर्ने मलाई सोख थिएन । सिनेमामा खेल्ने धेरै अफर मैले लत्याएँ । शायद मलाई अफर आएको बेलाबाट काम गरेको भए यतिबेला धेरै सिनेमा भइसक्ने थिएँ । मैैले उमेर भइसकेको छैन, मेरा लागि समय आइसकेको छैन, सिक्न धेरै बाँकी नै छ भनेर चलचित्रमा काम गरिनँ ।
मेरो हाइट पनि छ । बडी स्ट्रक्चर र फेस पनि त्यति नराम्रो छैन । शायद सानैदेखि अथवा मण्डला छिरेदेखि नै काम गर्ने सोच भएको भए म जिम गएर बडी बनाउँथें होला । तर, त्यो अझै पनि गरेको छैन । मण्डलामा नाटक हेर्न आउने निर्माता तथा निर्देशक दाइहरूले धेरै पहिला नै मलाई चलचित्रमा खेल्न आग्रह गरिरहनु हुन्थ्यो । 
 
‘होस्टेल रिटन्र्स’मा समानान्तर पात्र भए पनि तपाईंले अरुलाई पछि पार्नुभयो । कसरी ?
मुख्य पात्र त्यहाँ कोही थिएन । सबै समानान्तर पात्र नै थियौँ हामी । तर, रामेश्वर भन्ने पात्र नै त्यहाँ त्यस्तै थियो । सिनेमामा मधेसी पात्रलाई झल्याक झुलुकमात्रै देखिरहेका दर्शकले लामो रोलमा देख्नुभयो, त्यो पनि मुख्य पात्रझैं समानान्तर । त्यसैले रामेश्वर यादवलाई नोटिस गर्नुभयो ।
 
तपाईं त मुस्लिम समुदायको व्यक्ति । रामेश्वर यादव भन्दा पनि मुस्लिमकै रोल भए राम्रो हुुने थियो जस्तो मनमा लागेको थिएन ?
त्यस्तो कहिल्यै भएन । मलाई त्यो क्यारेक्टर निकै मन परेको थियो । अभिनय गर्ने अभिनेतालाई यो वा त्यो भन्ने हुन्छ जस्तो लाग्दैन । मैले पनि त्यो कहिले पनि भनिनँ । मनमा त्यो खालको सोच वा भावना नै आएन ।
 
‘गाँठो’मा एकै पटक मुख्य रोलका लागि अफर आउँदा कस्तो लाग्यो ? 
मुख्य रोल भन्दा पनि त्यहाँ पनि तीन जना पात्र समानान्तर रूपमा नै अगाडि बढ्छन् । यो वा त्यो मुख्य अनि अरुचाहिँ गौण वा सहायक पात्र भन्ने नै छैन । 
 
मुस्लिम समुदायबाट चलचित्रमा आएर यसरी लिड रोलमै काम गर्ने अरु कोही छ जस्तो लाग्दैन । घरपरिवारबाट कसरी अनुमति पाउनुभयो ? 
अरु कोही हुनुहुन्छ कि हुनुहुन्न मलाई पनि यकिन थाहा छैन । रिसर्च नै गर्नुपर्छ यका लागि । थिएटरमा चाहिँ हुनुहुन्छ रे । तपाईंले भने जस्तो मुस्लिम समुदायमा कलाकारितामा लाग्न अलि गाह्रै छ । सानैमा विवाह हुन्छ । परम्परागत पेशा वा व्यवसाय गर्ने नै प्रचलन हुन्छ । एक हिसाबले मैले गरेको फरक काम नै हो मुस्लिम समुदायका लागि । 
घरपरिवारले ‘ल जाऊ नाटक गर, सिनेमा खेल’ भनेको पनि होइन र ‘जानै हुँदैन’ भनेर रोकेको पनि होइन । परिवारको पनि भित्री इच्छा यो कलाकारिता लाइनमा नगएको भए हुन्थ्यो भन्ने नै थियो तर मौन बस्यो । नातेदारहरूबाट भने सिनेमा नगर्न दबाब आएको थियो । परिवारलाई पनि दबाब आएको थियो तर मैले मानिनँ । म आफैं पनि कहिलेकाहीँ अलि अराजक र असामाजिक छु कि जस्तो अनुभूति हुन्छ । 
 
सिनेमामा अभिनय गरिसकेपछि परिवारको प्रतिक्रिया कस्तो आयो ?
एकदम राम्रो ! मेरो दादीलाई ‘होस्टेल रिटन्र्स’को मेरो अभिनय दाइले देखाउनुभएको रहेछ । उहाँ त्यो हेरेर निकै खुसी हुनुभएको थियो रे । 
 
अनि समाजको ?
अहिले त उहाँहरू पनि केही भन्नुहुन्न रे । बरु ‘ए ! त्यो भाइ हिरो भइसक्यो ? एकपटक भेट्न मन छ’ भनेर दाइहरूसँग भन्नुहुन्छ रे । टाढा–टाढाबाट मलाई भेट्न भनेर मेरो घरसम्म आउनुहुन्छ रे ! खुसी लाग्छ सुन्दा पनि ।
 
मुस्लिम क्यारेक्टरमा काम गर्ने रहर छ कि छैन ? 
छ । म आफैँ त्यो प्रोजेक्टका लागि रिसर्च गर्दैछु । त्यसका लागि भने समय लाग्छ । यो प्रोजेक्टभन्दा पहिला अरु प्रोजेक्ट छन् ।
 
अहिले कति वटा सिनेमा पाइपलाइनमा छन् ? 
दुइटामा अनुबन्धित भइसकेको छु । दुइटा गर्ने या नगर्ने आफैं दोधारमा छु । अर्को वर्षको भने सोचेको छैन । 
 
अभिनयका लागि ‘एकेडेमिक नलेज’को आवश्यकता छ कि छैन ?
छ । शायद नेपालमा एक्टिङ कोर्स विश्वविद्यालयको पाठ्यक्रममा नै पढ्न पाउने भएको भए मानविकी संकायमा नेपाली साहित्य लिएर पढ्ने नै थिइनँ होला । अहिले यही भएर मैलै पढाइ ब्रेक पनि गरेको छु । 
म सिनेमासम्बन्धी कुनै वकसर्प छुटाउँदिनँ । राजस्थान, फ्रान्सबाट आएका सबै सिनेमाका वर्कसपमा म बसेको छु । पछिल्लो समय यसकै आवश्यकतालाई महसुस भएर होला– एक्टिङको कोर्स पनि तीन महिनाबाट बढाएर छ महिना बनाइएको छ ।
 
नेपाली चलचित्र उद्योगको भविष्य कस्तो देख्नुहुन्छ ?
हामीलाई राम्रो वातावरणमा काम गर्ने अवस्था हुनु, स्क्रिप्टमा ध्यान दिनु, राम्रो पेमेन्ट हुनुुु समग्र सिनेमा उद्योग नै राम्रो हुनु हो । सिनेमा छायांकन हुनुअघि नै महिनौंसम्म क्लोज क्याम्पमा बस्नु, लगानी बढ्दै जानु सबै राम्रा पक्ष हुन् । बजार पनि बिस्तारै बढ्दै जाला । फिल्म कल्चर पनि बढ्दै जाँदैछ । यो त राम्रो संकेत हो नि होइन र ? 
 
नेपाली रजतपटको सबैभन्दा राम्रो पक्ष ? 
लोकेसन । हजारौं सिनेमा नयाँ–नयाँ लोकेसनमा छायांकन गरे पनि अरु हजारौं लोकेसन भर्जिन नै रहन्छन् । काठमाडौंमै हजारौं सिनेमा नयाँ–नयाँ लोकेसनमा खिच्न सकिन्छ । एउटा गल्लीबाट अर्को गल्लीमा जाँदा नयाँ सिनका लागि नयाँ लोकेसन भेटिन्छ । 
 
नराम्रो पक्ष नि ?
चलचित्र निर्माणपूर्व रिसर्च र सबै पक्षको क्षमता विस्तारको आवश्यकता छ । 
 
‘गाँठो’बाट तपाईंको अपेक्षा के हो ? 
‘होस्टेल रिटन्र्स’ ले मलाई रामेश्वर यादव भनेर चिनायो । अझै पनि मलाई कतिले मेरो नाम नै रामेश्वर भन्ने ठान्नुहुन्छ । र, यही नामले बोलाउनु हुन्छ । म चाहन्छु ‘गाँठो’बाट मलाई दर्शकले सम्राट भनेर चिनून् । 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ४, २०७३  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC