site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

दसैँ आउन महिना पनि बाँकी छैन । यसैले बजारमा किनमेल गर्नेको घुइँचो देखिन थालेको छ । किनमेल गर्नेको घुइँचो देखेपछि  सरकारले उपभोक्ताप्रतिको दायित्व सम्झ्यो । प्रचलित ऐन कानुन पनि सम्झ्यो । लाग्यो होला, उपभोक्ता अरू ११ महिना ठगिए पनि दसैं, तिहार र छठजस्ता पर्वमा त ठगिनु भएन नि । जनतालाई ठगीबाट जोगाउन सरकार तात्नै पर्थ्यो । तात्यो । केही ब्रान्डेड सामान बेच्ने पसलमा आपूर्ति मन्त्रीकै नेतृत्वमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले छापामार शैलीमै छापा मारिदियो । मुलुककै महँगा पसलहरू भएको काठमाडौंको दरबारमार्गका ब्रान्डेड साहुहरूले लिनुपर्ने भन्दा ११ गुणा बढी मूल्य लिएको भेटिए छ । दोब्बर, तेब्बर हो र ११ गुणा बढी लिएर सामान बेचेको पाइएपछि बेचिरहन दिने कुरै भएन । धेरै नाफा खाने पसलहरूमा लाहाछाप लगाएर कागजपत्र लिएर विभागमा आउने आदेश दिइयो ।

पसलहरू र बजार पनि फरक पर्नसक्छ तर बर्सेनि दसैंताका यस्तै नौटंकी हुने गर्छ । बढी नाफा लिने भनेर समातिएका पसलेहरूविरुद्ध कस्तो कारबाही हुन्छ भन्ने बारेमा न जनताले चासो राख्छन् न सरकारले नै बताउने गरेको छ । पसलवाला अलि पहुँचवाला पनि रहेछ भने घटना त्यसै सामसुम हुन्छ । पहुँच नभएको पैसावाल रहेछ भने पनि पैसा खर्चन सके धेरै दुःख सहनु पर्दैन । सामानको परल मूल्य कसरी निर्धारण गर्ने हो ? भन्सार तिर्न लेखिएको मूल्यलाई परल मूल्य निर्धारण गरेर सामानको भाउ राख्ने हो भने त्यसको अनुगमन नियमितरूपमा गर्नुपर्थ्यो । भन्सार ठग्नका लागि कम मूल्य लेखिएको रहेछ भने भन्सार छलीमा पनि कारबाही चलाउनुपर्छ । व्यापारीमात्र नभएर सम्बन्धित भन्सारको कर्मचारी पनि भन्सार ठगीमा सामेल भएको हुनुपर्छ । तर, अहिलेसम्म भन्सारका कर्मचारी त के व्यापारीमाथि पनि कानुनबमोजिम कारबाही चलाइएका र सजाय भएका घटना बिरलै देखिएका छन् । यसैले यस्ता पटके कारबाहीलाई जनताले चटकभन्दा बढी  नठानेको हुनुपर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सामान्य जनतालाई ५ हजार पर्ने जुत्ता २० हजारमै बेचे पनि खासै फरक पर्दैन । चामल, दाल, चिनी, तेल, तरकारी, माछामासुजस्ता उपभोग्य वस्तु र बजारमा जताततै पाइने चिनियाँ सामानको मूल्य बढ्दा जनतालाई चिन्ता हुन्छ । तर, त्यस्ता वस्तुको मूल्य अनुगमनमा सरकारले खासै चासो लिएको देखिँदैन । चासो लिए पनि सके त नाङ्ले पसलमा नभए पनि खुद्रा व्यापारीकहाँसम्म अनुगमन टोली पुग्छ । ठूला व्यापारीको ठूला गोदाममा छापा मारेर उद्योगी व्यवसायीलाई बिच्क्याउने मूर्खता गर्नु पनि त भएन । यसैले यस्तै फाटफुट चटक गरेर जनतालाई नै मूर्ख बनाउने गरिन्छ र यस वर्ष पनि त्यही नौटंकी सुरु भएको छ ।

सरकारलाई बजार नियमन गर्ने कर्तव्य र अधिकारको हेक्का छ भने अनुगमनका नाममा चटक गर्न छाडेर नियमनलाई नियमित प्रक्रिया बनाउनुपर्छ । सूचना प्रविधिको प्रयोग गर्न जान्ने हो भने र भन्सार ठगेर कर्मचारी र राजनीतिक नेतृत्वबीच भागबन्डा नगर्ने हो बिलबीजकविना व्यापार गर्ने आँट कम्तीमा महँगा सामानका व्यापारीले गर्नै सक्तैनन् । तर, दसैंकै बेला जनहितको चिन्ता लागेको हो भने खाद्य संस्थानका दाल चामलमा ढुंगाबालुवा नभेटिने सुनिश्चित गरे हुन्थ्यो । स्वच्छ मासु पाइने बन्दोबस्त मिलाइदिए हुन्थ्यो । तरकारीको मूल्य तेब्बर हुनबाट रोके हुन्थ्यो र सार्वजनिक यातायात सहज बनाइदिए हुन्थ्यो । यस्ता काम चाहिँ केही नगर्ने तर ब्रान्डेड पसलमा छापा मारेर चटक देखाउने काम नौटंकी नै त हो ।     
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १९, २०७४  १९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC