site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
विधिको शासन र लोकतन्त्रका मूल्य एवं अभ्यासविपरीत सत्ता साझेदार दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच सरकारलाई निरन्तरता दिनकै लागि नौ बुँदे  सहमति गरिएको थियो । त्यही क्रममा भएको भनिएको अर्को ३ बुँदे कथित ‘भद्र सहमति’ अहिले बढी चर्चामा छ । आधिकारिकरूपमा संसद्मा बहुमत कायमै रहेको देखिएका प्रधानमन्त्री केपी ओलीको सरकार व्यवहारमा भने त्यही कथित भद्र सहमतिका भरमा टिकेको रहेछ । तर, यसरी अँध्यारो खोपीमा गरिएको ‘घिउ र तरबार बेच्नेहरूको सहमति’ र ‘ब्ल्याकमेल’का भरमा सरकार परिवर्तन हुन थाल्यो भने लोकतन्त्रको मर्ममा प्रहार हुन्छ ।
 
अहिलेसम्मका कुनै कामबाट नेपाली जनताले ओलीको सरकार ढलेमा चित्त दुखाउनुपर्ने खासै कारण छैन । यस्तै, संसदीय प्रणालीमा  सरकार परिवर्तन अपेक्षाकृत सजिलै हुन्छ । त्यसमाथि अहिलेको जस्तो त्रिशंकु संसद् भएका बेलामा राजनीतिक अस्थिरता हुनु अस्वाभाविक पनि होइन । तर, अहिले संसद्को बहुमतबाट भन्दा अँध्यारो खोपीमा गरिएका सम्झौता र ब्ल्याकमेलका आधारमा सरकार परिवर्तन गर्न खोजिएको छ ।  सत्ता टिकाउन ओलीले कथित ‘भद्र सहमति’ गरेका भए पनि अहिले सरकार छाड्न अस्वीकार गरिसकेका छन् । सरकार परिवर्तनमा स्वाभाविकरूपमा अगाडि सर्नुपर्ने प्रमुख विपक्ष नेपाली कांग्रेस नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दिएको धोकापछि ‘मणि हराएको सर्प’ जस्तो देखिएको छ । यस अवस्थामा सरकारविरुद्ध कतैबाट अविश्वासको प्रस्ताव प्रस्तुत हुने सम्भावना भने कमै देखिन्छ । तर, सत्ताको नेतृत्व गर्न हतारिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबाट भने निकै चर्को दबाब परेको संकेत प्रधानमन्त्री ओलीले दिएका छन् । ओलीका पछिल्ला कथनमा विश्वास गर्ने हो भने उनी बाध्य नभए सरकारको नेतृत्व छाड्न तयार हुनेछैनन् ।
 
हुनत, कांग्रेस अब दाहालको नेतृत्वमा सरकार बनाउने भ्रमबाट मुक्त भइसकेको हुनुपर्छ । माओवादी सरकारबाट हटेमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने हुनसक्छ । त्यति बेला कांग्रेसले विपक्षमा मत दिनसक्छ र अल्पमतमा परेर सरकारबाट हट्नुपर्ने हुनसक्छ । तर, त्यसरी हट्नै परेमा पनि प्रधानमन्त्री ओलीले कम्तीमा उनले संसदीय अभ्यास पालन गरेको भनेर शिर ठाडो गर्नसक्नेछन् । अर्कातिर, अहिलेजस्तै दण्डहीनता बढाउने र राज्यको ढुकुटी दोहन गर्ने ‘ब्ल्याकमेलिङ’सँग झुक्तै वा सम्झौता गर्दै गए भने पनि उनको सत्ता दिगो हुने त हैन रहेछ । यसैले अब प्रधानमन्त्री ओलीले सम्झौता गर्दै कलंक बेहोर्दै जाने कि संसदीय मान्यताविपरीत सरकारमै बसेर प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र गर्नेहरूलाई मन्त्रिपरिषद्बाट हटाएर थोरै दिन भए पनि प्रभावकारीरूपमा सरकारको नेतृत्व गर्ने भन्ने रोज्नुपर्छ । दाहालको हप्कीदप्की सहँदै गएर लाचार भएर सरकारबाट बाहिरिने कि थोरै दिन भए पनि स्वाभिमानपूर्वक सरकारको नेतृत्व गर्ने भनेर छिटै निर्णय गर्नुबाहेक प्रधानमन्त्री ओलीसँग अरू विकल्प देिखँदैन ।
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ६, २०७३  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC