site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
'एम अधिकारी'ले भने– म नै हो भन्ने स्पष्ट छैन, तत्काल जिम्मेवारीमा रहन सक्दैन
SkywellSkywell

विराटनगर । नेकपा (एमाले)को अर्थ तथा योजना विभागमा मनोनीत भएको भनिएका विराटनगरका मनोज अधिकारी (एम आधिकारी)ले तत्काल आफू पार्टीले दिएको जिम्मेवारीमा रहन नसक्ने बताएका छन् ।

मोबाइल अफ गरेर विराटनगरबाट बाहिर गएका भनिएका उनले शुक्रबार आफ्ना साथीभाइसँग भेटघाट गरेका छन् । उनले पछिल्लो समय उत्पन्न परिस्थितिबारे नजिकका साथीभाइसँग छलफल गरेका हुन् । 

उनले आफूबारे सामाजिक सञ्जालसहित विभिन्न सञ्चार माध्यममा आएका समाचारहरूप्रति ध्यानाकर्षण भएको जनाएका छन् । साथै अधिकारीले एमालेको अर्थ विभागमा आफू नै मनोनीत भए नभएको स्पष्ट भइनसकेको बताएका छन् ।

Dabur Nepal
NIC Asia

“म नै मनोनीत भएको हो वा होइन भनी हालसम्म यकिन छैन  । मनोनीत नै भएको हो भने पनि हालको असमान्य परिस्थिति तथा मेरो व्यक्तिगत कारणले म उक्त पद धारण गर्न असमर्थ रहेको बेहोरा सम्बन्धित सबैमा जानकरी गराउन चाहन्छु,” अधिकारीले भनेका छन् । 

चार्टर एकाउन्टेन्ट (सीए) अधिकारीले असार मसान्तको समयमा पेसागत व्यस्तताले बिहीबारदेखि नै आफू सामाजिक सञ्जालबाट टाढा रहेको बताएका छन् । तर, आफू चार्टर एकाउन्टेन्टहरूको संगठन (एक्यान) प्रदेश १ को प्रमुखमा निर्वाचित भएसँगै एमालेको सक्रिय सदस्य भएकाले पार्टीले आफूलाई महत्वपूर्ण जिम्मेवारी दिने चर्चा भने चलेको उनको दाबी छ ।

केही दिन अगाडि पार्टीको अर्थ तथा योजना विभागमा आफूलाई मनोनयन गरिएकोबारे पार्टीका जिम्मेवार नेताहरूले मौखिक रूपमा बताएको पनि उनको भनाइ छ । तर, अहिलेको कार्य व्यस्तताले गर्दा यर्थाथ यकिन गर्न नसकेको उनले बताएका छन् ।

“हाल उक्त विभागमा राखिएको नाम गभर्नर महाप्रसाद अधिकारीज्यूसँग मिल्दोजुल्दो भएकाले उक्त विभागमा म नै मनोनीत भएको हो वा होइन भनि हालसम्म यकिन छैन," उनले भनेका छन् ।

शुक्रबार उनी सेयर सदस्य भएको विराटनगरस्थित एक कलेजको बैठकमा सहभागी हुने कार्यतालिका थियो । तर, उनी उपस्थित भएनन् ।

सोही कलेजका सञ्चालक भेषराजक पोखरेलले बाह्रखरीसँग भने, “साढे ६ बजे साँझ हामी सबै सञ्चालक बैठकमा उपस्थित भयौँ, उहाँ पनि आउने तय भएको थियो तर पछि व्यक्तिगत कारण देखाउँदै अनुपस्थित हुने जानकारी पाइयो ।”

विराटनगर–२ बंजारा टोल निवासी अधिकारी एमालेको अर्थ तथा योजना विभागमा 'एम अधिकारी' नाम गरेका व्यक्ति मनोनीत भएपछि एकाएक चर्चामा आएका हुन् । 

आलोचकहरूले एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको दाबी गर्दै आएका छन् । तर, एमालेले उनी गभर्नर नभएको स्पष्टीकरण दिएको छ ।

मनोजलाई एमालेले जबरजस्ती एम अधिकारीका रूपमा खडा गर्ने प्रयास गरेको आरोप लागिरहेका बेला उनले आफू नै एमालेको अर्थ विभागमा मनोनीत भएको नभएको स्पष्ट नभएको अभिव्यक्ति दिएका हुन् ।

एमाले विराटनगर महानगरपालिकाका अध्यक्ष सागर थापाले मनोज अधिकारी एमालेको संगठित सदस्यसमेत भएको र पार्टीले जिम्मेवारी दिएरै चार्टर एकाउन्टेन्टहरूको संगठनमा विजयी भएको बताए । “उहाँ एमालेकै कार्यकर्ता हो, अहिले विराटनगरमै हुनुहुन्छ, बाहिर जानुभएको छैन,” थापाले भने, “पार्टीले जिम्मेवारी दिएको हो अब स्वीकार गर्ने नगर्ने भन्ने विषय उहाँको व्यक्तिगत विषय हो ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  २२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro