site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निवर्तमान मेयर जिसीले भने– सेटिङमा होइन हितको लागि दिएको हो
SkywellSkywell

पोखरा । पदावधि सकिनुभन्दा ४८ घण्टा अगाडि ६३ रोपनी जग्गा छोरीज्वाईँ सहितको निजी कम्पनीलाई प्रक्रिया विपरीत १० देखि २५ वर्षको लागि सरकारी जग्गा कौडीको मूल्यमा भाडामा दिएका पोखराका निवर्तमान मेयर जिसीले एक विज्ञप्ति जारी गरेका छन् ।

ज्वाईँलाई ठेक्का दिएको भनेर निवर्तमान मेयर जिसीको चौतर्फी आलोचना भइरहेको छ । त्यही विषयलाई लिएर जिसीले प्रेस विज्ञप्ति जारी गर्दै 'पोखरा उपत्यका नगर विकास समितिको हित'को लागि भाडामा दिएको बताएका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा आफ्नो ध्यानाकर्षण भएको र आफू मेयर हुँदा पोखरा र पोखरेली जनताको अहित हुने गरि कुनै निर्णय र काम नगरेको दाबी गरेका छन् ।

Dabur Nepal
NIC Asia

“देशमा संघीय शासन प्रणाली लागु भएपछि पोखरा महानगर प्रमुख नै उपत्यका नगर विकास समितिको अध्यक्ष हुने प्रावधान अनुसार नै उक्त समिति अध्यक्षको जिम्मेवारी सम्हालेको यहाँहरुलाई अवगत नै छ । पोखरा महानगरको प्रमुख र समितिको अध्यक्ष हुँदा पोखरा र पोखरेली जनताको अहित हुने गरी कुनै निर्णय र काम गरेको छैन यो अवधिमा भएका कामको पोखरेली जनताले मूल्यांकन गर्नुभएकै छ, र अब पनि गर्नुहुनेछ,” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सेटिङमा जग्गा दिइएको नभई त्यसले संस्थाको हितलाई ध्यानमा राखेर विधिवत तरिकाले भाडामा लगाइएको उल्लेख गरिएको छ ।

“पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको राष्ट्र बैंकचोकस्थित पर्यटक बसपार्कको जग्गा, गल्फ कोर्षको जग्गा र यातायात कार्यालय नजिकैको जग्गा ’सेटिङ’ मिलाएर भाडामा दिइएको भन्ने आरोप निराधार छ, र कुनै पनि भ्रममा नपर्न पोखरेली जनतालाई आग्रह गर्दछु,” मेयर जिसीले भने, “पोखरा उपत्यका नगर विकास समितिको संस्थागत हितलाई नै ध्यानमा राखेर प्रचलित नियम, कानुन र विधि अनुसार नै जग्गा भाडामा लगाइएको हो ।”

आफ्नो कार्य वैधानिक रहेको दाबी गर्दै मेयर जिसीले आफूभन्दा अघिल्ला कार्यकालमा तोकादेशमा सम्झौता गरेर भाडामा दिइएका जग्गाको पनि अध्ययन गर्न चुनौती दिएका छन् । विगतको गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै जग्गाको प्रचलित मूल्यअनुसार प्राविधिक र प्रशासनिक टिमले तयार पारेको रिपोर्टलाई आधार मानेर नै कानुन र विधि सम्वत जग्गा भाडामा लगाएको उनले दाबी गरेका छन् ।

“२०७४ मा जनप्रतिनिधि निर्वाचित भएर आउनुभन्दा अगाडि ठाडो तोक आदेशमा समितिको जग्गा भाडामा लगाउने प्रवृत्तिको अन्त्य गर्दै प्रचलित कानुनको अधिनमा रही प्रतिष्पर्धाका आधारमा जसले बढी भाडा दिन कबुल गर्छ उसैलाई सर्तसहितको नियममा टेकेर जग्गा भाडामा लगाइएको तथ्य जानकारी गराउँदछु । विगतमा तोक आदेशमा सम्झौता गरेर भाडामा दिइएका समितिको स्वामित्वमा रहेका विभिन्न ठाउँका जग्गा र यी तीन वटा जग्गाको भाडा पनि विगतमा कति थियो र अहिले कतिमा भाडामा लगाइएको हो ? सो को अध्ययन गरेर सत्य बाहिर ल्याउन सञ्चार माध्यमलाई विनम्रता पूर्वक आग्रह गर्दछु,” विज्ञप्तिमा भनिएको छ ।

भाडामा लगाउने प्रक्रियामा त्रुटि देखिएमा खारेज गर्न पनि उनले चुनौती दिएका छन् ।

“संस्थालाई हानि हुने र व्यक्तिलाई लाभ पुग्ने गरी पूर्वाग्रही भएर जग्गा भाडामा लगाउने मनसाय नराखिएको स्पष्ट पार्दै जग्गा भाडामा लगाउने प्रक्रियाको सुक्ष्म ढंगले छानबिन गरी कानुनी रुपमा त्रुटि देखिए तत्काल खारेज गर्ने अधिकार वर्तमान नेतृत्वलाई रहेको जानकारी गराउँदै निवर्तमान अध्यक्षको हैसियतले पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दछु,” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

निवर्तमान मेयर जिसीले जेठ ५ गते कार्यकाल सकिने हुँदा उनले हतारहतारमा जेठ ३ गते पर्यटन बसपार्क, गल्फ एकेडेमी र ट्रायल दिने ठाउँको सरकारी जग्गा विभिन्न तीन कम्पनीलाई भाडामा दिएका थिए । ती मध्ये गल्फ एकेडेमीको ४० र पर्यटन बसपार्कको १८ रोपनी जग्गा मेयर जिसीका ज्वाइँ राम भण्डारीका सहोदर भाइ विष्णु भण्डारीको कम्पनीले हात पारेको छ ।
शालिकग्राम निर्माण सेवा प्रालिले पर्यटन बसपार्कको १८ रोपनी जग्गा र गल्फ एकेडेमीको ४० रोपनी जग्गा एक्सन बिल्डर्सले पाएको छ । एक्सन बिल्डर्स र शालिकग्राम पनि भण्डारीकै समूहको कम्पनी हो ।

गतसाल साउन १ गते मस्तिष्कघात भएपछि काठमाडौंमा उपचार गराएर फर्किएका जिसी अहिले पनि हिँडडूल गर्न अरुको सहयोगी चाहिन्छ । उनी अस्वस्थ भएपछि नै उनका ज्वाईँको दबदबा बढेको थियो ।

जेठ ३ गते उपत्यका नगर विकास समितिको कार्यालयमा मतगणना भइरहेपछि घरमा नै सम्झौता गरेर सरकारी जग्गा निजीलाई दिइएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu