site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकी : हटाइयो सांसदले ७२ करोड खर्चिने ‘निर्वाचन पूर्वाधार विकास कार्यक्रम’
SkywellSkywell

पोखरा । आगामी आर्थिक वर्ष २०७९/०८० मा योजना छानेर बजेट खर्च गर्न नपाउने भएपछि सरकारले ७२ करोड रुपैयाँ बजेटको ‘निर्वाचन पूर्वाधार विकास कार्यक्रम’ हटाएको छ ।

गण्डकी सरकारले पहिलो आर्थिक वर्षमा सांसदको काम नीति बनाउने भन्दै निर्वाचन पूर्वाधार कार्यक्रम ल्याएको थिएन । तर, सांसदहरूको तीव्र दबाबपछि आर्थिक वर्ष २०७६/०७७ देखि वर्ष २०७८/०७९ सम्म यो कार्यक्रमले निरन्तरता पायो ।

KFC Island Ad
NIC Asia

प्रति निर्वाचन क्षेत्रलाई दुई करोड रुपैयाँ दरले ३६ निर्वाचन क्षेत्रका लागि भनेर सरकारले बेसेनि ७२ करोड रुपैयाँ विनियोजन गर्दै आएको थियो । यो रकमलाई सम्बन्धित निर्वाचन क्षेत्रका प्रत्यक्ष र समानुपातिक सांसदहरूले तजबिजका योजना छानेर खर्च गर्दै आएका थिए । यही रकम खर्च गर्नपनि प्रत्यक्ष र समानुपातिक सांसदबीच मतभेद उत्पन्न भएपछि सरकारले ‘निर्वाचन पूर्वाधार विकास कार्यक्रम कार्यविधि’ बनाएर प्रत्यक्ष निर्वाचित सांसदको संयोजक र समानुपाकित सांसद सदस्य रहने व्यवस्था गरेको थियो ।

तर, पनि योजना छनोटमा विवाद नै हुने गरेको थियो । पछि कार्यविधि संशोधन गरेर एउटा निर्वाचन क्षेत्रमा भएका सांसदको संख्याको आधारमा दुई करोडलाई भागबन्डा गर्ने व्यवस्था गरियो । यो कार्यविधिअनुसार सांसदहरूले दुई लाखका योजना पनि छान्न पाउँथे ।

Royal Enfield Island Ad

 

तर, यी योजना चाहिँ एक वर्षमा सकिने भएमा भदौ मसान्तभित्रै छानिसक्नुपर्ने व्यवस्था कार्यविधिले गरेको छ । छनोट भएका योजनाहरूको निकासा भने मंसिर मसान्तमा हुने उल्लेख छ ।

कार्यविधिको बुँदा नं. ११ (२) मा भनिएको छ, “भौतिक पूर्वाधार विकास सम्बन्धी विषय हेर्ने मन्त्रालयले कार्यक्रम कार्यान्वयन गर्न अनुसूची २ बमोजिम हुन आउने रकम सम्बन्धित लेखा नियन्त्रक कार्यालय मार्फत कार्यालयमा मंसिर मसान्तभित्र रकम निकासाको व्यवस्था मिलाउनुपर्ने छ ।”

तर, आगामी मंसिरमा संसदीय निर्वाचन नै गर्नुपर्ने भएका कारण सरकारले यो कार्यक्रम नै खारेज गरिदिएको छ । त्यसको सट्टामा हरेक सांसदलाई ५/५ करोडको सिलिङ दिएर योजनाहरू वार्षिक विकास कार्यक्रममा समावेश गरिसकिएको छ ।

निर्वाचन कार्यक्रम खारेजीबारे बोल्दै प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले भने, “यो कार्यक्रमको निरन्तरता आवश्यक ठानिएको छैन । हामी संघीयताका पक्षपाती हौँ । तल पनि सरकार छन् । प्रदेशसभाका सांसदहरूले ५० हजार, २ लाखका योजना छान्ने मनोविज्ञानबाट माथि उठ्न आवश्यक छ । सकेसम्म वितरणमुखी सोच, मनोविज्ञानलाई करेक्सन गर्न आवश्यक छ भन्ने मान्यता मुताबिक यो कार्यक्रम हटाइएको हो ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro