काठमाडौं । रौतहटको गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । नेपालभरका बजाज प्लाटिना चालकले आफ्नो मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न बजाज माइलेज च्याम्पियनमा सहभागी भएका थिए ।
माइलेज च्याम्पियनमा लोकेशकुमार चौरसियाले ९९ किमी प्रतिलिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको कम्पनीले बताएको छ ।
यस्तै, ९४ किमी प्रतिलिटरको प्रदर्शनका साथ मुकेशकुमार शाह दोस्रो स्थानमा रहेका थिए भने ९० किमी प्रतिलिटरको प्रदर्शन गर्दै रोशन अली यादव तेस्रो स्थानमा रहेको कम्पनीले जनाएको छ ।
यो इभेन्टले एक सय सीसीको बजाज प्लेटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई मात्र नगरी बजाजप्रेमीहरूबीच समुदाय र मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना पनि प्रवर्द्धन गरेका थिए ।
यस माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दुरी तय गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गरे । यस रोमाञ्चक कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्दै नेपालका बजाजप्रेमीहरूबीचको एकताको भावना र मित्रवत् प्रतिस्पर्धालाई प्रोत्साहित पनि गरेका थिए ।
पछिल्लोसमय पेट्रोलिय पदार्थको मुल्यवृद्धि भएसँगै आम ग्राहक वर्गलाई माइलेजको अवस्थाबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर विजय सिंहले बताए ।