site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रुसी जनतासँग राष्ट्रपति पुटिनको प्रत्यक्ष फोनवार्ता कार्यक्रम स्थगित
फाइल फाेटाे ।
Siddhartha BankSiddhartha Bank

मस्को । क्रेमलिनले रुसी जनतासँग राष्ट्रपति भ्लादिमिर पुटिनको प्रत्यक्ष वार्षिक फोनवार्ता कार्यक्रम स्थगित भएको जानकारी दिएको छ । 

पुटिन सन् २००४ यता ‘डाइरेक्ट लाइन’ कार्यक्रममा लगातार सहभागी हुँदै आएका थिए । यसरी अचानक यो कार्यक्रम स्थगित गरिनुको पछाडि पुटिन अस्वस्थ रहेको हल्लाहरू चल्न थालेका छन् ।

तर विशेषज्ञहरूले भने ती हल्लाको विश्वसनियताको प्रमाण नदेखेको बताएका छन् । रुसी इतिहासमा अठार वर्ष पछि पहिलो पटक पुटिनले अप्रत्यासित रूपमा वार्षिक फोन म्याराथन स्थगित गर्ने निर्णय गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

आफूमाथि रुसी जनताको प्रश्नको वर्षात् सामना गर्ने पुटिनको यो अनौठो वर्षिक कार्यक्रम सन् २००१ देखि नै सुरु भएको थियो । तर सन् २००४ मा पनि यो अवरुद्ध हुन पुगेको थियो । 

सरकारी समाचार निकाय तासलाई क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले कार्यक्रम स्थगित हुनुको कुनै कारण नदिई केवल जुनमा ‘डायल इन’ कार्यक्रम नहुने संक्षिप्त जानकारी गराएका छन् । 

Global Ime bank

वर्षेनी करिब बिसदेखि तीस लाखको संख्यामा रुसी जनताले पुटिनसँग प्रत्यक्ष फोन वार्ता गर्ने गरेका थिए । विगतमा यस्ता कार्यक्रमहरू चार घन्टा भन्दा लामो समय सम्म चल्ने गर्दथे । 

पछिल्ला केही महिना यता पुटिनले थुप्रै कार्यक्रममा सहभागिता जनाउन छाडेका छन् । गत अप्रिलमा पनि पुटिनको रुसी संघीय सभाको वार्षिक सम्बोधन स्थगित गरिएको थियो । अझैसम्म त्यो कार्यक्रम अब कहिले होला भन्ने टुङ्गो लागेको छैन । 

त्यसैगरी दि मस्को टाइम्सले पनि गत महिना पुटिन सोचिमा आयोजित आइस हकी खेलुकद प्रतियोगितामा उपस्थित नभएको जानकारी गराएको छ । त्यहाँ पुटिन आफैले पनि हकी खेल्ने अनुमान गरिएको थियो ।

यस्तै घटनाहरूलाई आधार मानेर युक्रेनको गुप्तचर निकायले पुटिन अस्वस्थ हुनुपर्ने अनुमान गर्दै आएको छ । 

इन्साइडरबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  २२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement