site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बाढीबाट अपेक्षाकृत प्रदेश नम्बर २ का जनता नै बढी प्रभावित भएका छन् । सायद, बाढीका कारणले पनि राष्ट्रिय जनता पार्टीलाई स्थानीय तहलगायत सबै निर्वाचनमा सहभागी हुने निर्णय गर्न बाध्य बनाएको हुनुपर्छ । त्यसो त, मधेसी दलहरूकै मागअनुसार संविधान संशोधन विधेयकमा मतदान पनि भयो । संशोधनका पक्षमा दुईतिहाइ मत नपुगे पनि संविधानका पक्षमा देखिएको स्पष्ट बहुमतले पनि राष्ट्रिय जनता पार्टीका नेताहरूलाई सन्तोष लागेको हुनुपर्छ । देशका प्रमुख दलहरूमध्ये नेकपा (एमाले)बाहेक अरू दलले उनीहरूको मागमा समर्थन जनाए । यसले उनीहरूलाई संविधान संशोधनको विषयलाई कार्यसूचीका रूपमा अगाडि बढाउने अवसर पनि दिएको छ । आफ्नो मागमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) जस्ता दलको समर्थनले राजपाको मनोबल पनि उच्च भएको हुनुपर्छ । यिनै सबैका कारण पनि राजपा निर्वाचनमा जान तयार भएको हुनसक्छ । कारण, जेसुकै होस् राजपा निर्वाचनमा सहभागी हुन तयार हुँदा निर्वाचनको औचित्य थप पुष्टि भयो । 

प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन नभएको पीडा सबैभन्दा बढी बाढीपीडितहरूले अनुभव गरेको हुनुपर्छ । हालैको विनाशकारी बाढी र डुवानले तराईका सबै जिल्लाका बासिन्दा धेरथोर प्रभावित भएका छन् । यस्तो विपत्तिमा पीडित सबैलाई उद्धार र आकस्मिक सहयोग आवश्यक हुन्छ । स्थानीय तहमा जनप्रतिनिधि हुँदा सहजरूपमा उद्धार र आकस्मिक सहायता पीडितसम्म पुग्छ । यसैले अहिले अरू प्रदेशबाट उद्धार र आकस्मिक सहायता नपुगेको खासै गुनासो सुनिएको छैन । यसले कतै न कतै राजपाका नेताहरूमा पहिले चुनाव हुन नदिएकोमा धकधकी लागेको हुनसक्छ । यद्यपि, उनीहरूले संविधान संशोधन विधेयक टुंगो नलागेकाले चुनावमा सहभागी नभएको तर्क दिनसक्छन् । राजनीतिमा अपराध गर्नेहरूले त स्वीकार गर्नुभन्दा औचित्य सिद्ध गर्ने प्रयास गरेको देखिन्छ भने राजपाका नेताले पनि कुनै न कुनै बहाना बनाइहाल्नेछन् । 

चुनावमा सहभागी भएपछि त्यसको परिणामलाई पनि सहजरूपमा स्वीकार गर्नुपर्छ । अब हुने प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन परिणाम आफ्नो पक्षमा नभए पनि राजपाका नेताहरू विचलित हुनु हुँदैन । संविधानमा संशोधनका लागि प्रस्ताव गरिएका बुँदाहरूलाई एकथरीले ‘राष्ट्रघाती‘ भनेका छन् । राजपाले यसलाई तराईको अधिकार कुष्ठित भएका रूपमा प्रचार गरेको छ । यथार्थमा यो नेपालको संविधान, २०७२ मा संशोधनको सामान्य प्रयासमात्रै हो । यो संशोधन पारित हुँदैमा नेपालको सार्वभौमसत्ता खण्डित हुने थिएन भने पारित नहुँदैमा तराईका जनताका कुनै अधिकार कुण्ठित पनि भएको छैन । यसैले संविधान संशोधनका पक्षविपक्षमा भएका सबै दलका नेताले नेपाली जनताको सद्भाव बिथोल्ने र घृणा एवं विद्वेषको खेती गर्ने प्रयास नगरून् । नेपाली जनता अबुझ छैनन् । राजनीतिक दलका नेताहरूले फैलाउने घृणा र उत्तेजनाको आगोले कसैको पनि हित गर्दैन भन्ने सबैले बुझिसकेका छन् । यसैले राजपा र उसका अडानलाई राष्ट्रघाती ठान्नेहरूले पनि घृणाका खेती नगरुन् । राजपाका नेताहरूले पनि गैरजिम्मेवार अभिव्यक्ति र उत्तेजनाको राजनीति प्रत्युत्पादक भएको यथार्थ स्वीकार गरेर जिम्मेवार राजनीति गरुन् । सबैको भलो यसैमा छ ।      
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १०, २०७४  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC