बर्लिन । आगामी तीन महिनासम्म जर्मनीका जनताले साढे ९ अमेरिकी डलर तिरेर एक महिना मुलुकभरका सार्वजनिक सवारीसाधन प्रयोग गर्न पाउने भएका छन् । सरकारले जीवनयापन महँगो हुँदै गइरहेकाले जनतालाई यस्तो राहत दिने निर्णय गरेको हो ।
सम्पूर्ण स्थानीय तथा क्षेत्रीय यातायातका साधनहरू जस्तै ट्रेन, बस र मेट्रोमा यो सरकारी सहुलियत कार्यान्वयन गरिएको छ । तर अन्तर सहर ट्रेनहरूमा भने यो नियम लागु नहुने बताइएको छ । मानिसहरूलाई कार छाडेर सार्वजनिक सवारी प्रयोग गराउने उद्देश्यले पनि यो कदम अघि सारिएको हो ।
यद्यपि प्रतिलिटर पेट्रोलको भाउ पनि अहिले करिब ३० सेन्टले घटाइएको छ । अर्थात् अहिले प्रति लिटर पेट्रोल दुई युरो भन्दा कम पैसामा किन्न सकिन्छ ।
युरोपेली युनियन (ईयू) मा पुन तीन महिनाका लागि करलाई घटाएर न्यूनतम दरमा ल्याइएको छ । तसर्थ प्रति लिटर डिजेलमा पनि करिब १४ सेन्ट कटौती गरिएको छ ।
अहिलेसम्म करिब सात करोड जर्मनले साढे ९ डलर मूल्य पर्ने यो विशेष यात्रा टिकट किनिसकेका छन् ।
बीबीसीबाट ।