site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१०० भन्दा बढी युक्रेनी ड्रोन खसालियो : रुस

मस्को । रुसी क्षेत्रमा रातारात आक्रमण गरिएका १०१ युक्रेनी ड्रोन खसालेको रुसी रक्षा मन्त्रालयले शनिबार जनाएको छ । घटनामा कुनै पनि हताहत नभएको रिपोर्ट गरिएको छ ।

‘डिउटी’मा रहेको हवाई रक्षा प्रणालीले युक्रेनी फिक्स–विङ यूएभी ड्रोनहरू नष्ट गरी खसालेकोे रुसको रक्षा मन्त्रालयले टेलिग्राममार्फत जनाएको हो । मन्त्रालयका अनुसार, ब्रायन्स्क क्षेत्रमा ५३ ड्रोन खसालिएको थियो । ‘ब्ल्याक सी’ प्रायद्वीपमाथि १८ र बाँकी अरू क्षेत्रमा खसालिएको थियो ।

क्रास्नोडारका गभर्नर भेनियामिन कोन्ड्रात्येभले ड्रोनबाट खसेको भग्नावशेषले टिखोरेट्स्की जिल्लामा आगलागी समेत भएको बताए ।

प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षाका निम्ति बाहिर निकालिएको भएता पनि कुनै हताहत नभएको उनले उल्लेख गरे । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  २१:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro