site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतको मणिपुरमा म्यानमारबाट ‘९०० सन्दिग्ध व्यक्ति प्रवेश’
फाइल तस्बिर : एएफपी ।

नयाँ दिल्ली । युद्धग्रस्त म्यानमारबाट ९०० सन्दिग्ध आतंकवादी भारतको मणिपुर राज्यमा प्रवेश गरेको सूचनापछि उत्तरपूर्वी सीमामा सुरक्षा बललाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको एक अधिकारीले बताएका छन् ।

मणिपुरलाई जातीय परिक्षेत्रमा विभाजन गर्दै मुख्यतया हिन्दु मेइतेई बहुमत र इसाई कुकी समुदायबीच एक वर्षभन्दा बढी समयदेखि आवधिक झडपले अशान्त बनाएको छ ।

पहाडमा बसोबास गर्ने कुकीहरूको म्यानमारका आदिवासी समुदायसँग सांस्कृतिक, पारिवारिक र धार्मिक सम्बन्ध छ । म्यानमारमा सन् २०२१ मा सत्ताकब्जा गरिएदेखि दर्जनौँ सशस्त्र समूह सेनासँग लडिरहेका छन् ।

Dabur Nepal
NIC Asia

मणिपुर सरकारका सुरक्षा सल्लाहकार कुलदीप सिंहले शुक्रबार स्थानीय गुप्तचर निकायबाट सन्दिग्ध आतंकवादीले सम्भावित सीमापार गरेको सूचना प्राप्त गरेको पुष्टि गरेका छन् ।

सिंहले सीमा चौकीलाई ‘सतर्क’ गरिएको र सुरक्षा बलले दुर्गम क्षेत्रमा ‘कम्बाइङ अपरेसन’ सञ्चालन गर्ने बताए ।

महिनौँको सापेक्ष शान्तिपछि यो महिना मणिपुरमा विद्रोही समूहबीच रकेट र ड्रोन आक्रमण हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

गएको साता मेइतेई प्रदर्शनकारीले कुकी समुदायलाई पछिल्लो आक्रमणको दोषी ठहर्‍याएका थिए । मेइतेईहरूले कुकीविरुद्ध कारबाहीको माग गर्दै राज्यको राजधानी इम्फाल हुँदै विरोध प्रदर्शन गरेका थिए ।

मेइतेई र कुकी समुदायबीच भूमि र सार्वजनिक रोजगारीका विषयमा लामो समयदेखि तनाव चलिरहेको छ । 

सरकारी तथ्यांकानुसार, दुई समुदायबीचको द्वन्द्वका कारण लगभग ६० हजार  मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् । कम्तीमा २०० जनाको मृत्यु भएको छ । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro