site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
स्थानीय सरकारलाई सफल बनाउने दस उपायहरु

स्थानीय तहको दोस्रो कार्यकालको लागि यही वैशाख ३० गते निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचनमा मतदाताले मत दिएरमात्रै पुग्दैन । आफूले चुनेका प्रतिनिधिलाई सुझाव, पृष्ठपोषण, आलोचना र सहयोगको माध्यमबाट 'मतको शक्ति' पालिकाको विकासमा रूपान्तण गराउनुपर्नेछ ।

१ विकासको अवधारणा

विकासको परम्परागत अवधारणा भौतिक उन्नति, बजारीकरणसँग जोडिएको बाटो, पुल, भवनका साथै अर्थतन्त्रको आकार बढाउनेसँग सम्वन्धित छ । अर्थशास्त्रीय दृष्टिकोणबाट मात्रै हैन समाजशास्त्रीय दृष्टिकोणबाट हुने मानव विकाससमेतको जोडफललाई विकास अवधारणाका रूपमा अवलम्बन गर्नुपर्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

२. .विकासको बाधकको पहिचान

मानवशास्त्री/समाज अन्वेषक डोरवहादुर विष्टले आफ्नो पुस्तक 'भाग्यवाद र विकास' (फेटालिजम एन्ड डेभलपमेन्ट)मा विकासको बाधकका रूपमा परनिर्भरता र भाग्यवाद एवं त्यसबाट प्रकट हुने चाटुकारी (सिकोफेन्सी) प्रथालाई मानेको छ ।

Royal Enfield Island Ad

३. पालिकाको अर्थतन्त्रमा सबलीकरण

पालिका सरकारको आफ्नै अर्थतन्त्र हुन्छ । तर, अर्थतन्त्र संघीय र प्रदेश सरकारअन्तर्गत रहेको मानसिकताबाट ग्रसित देखिन्छ । पालिकाका जनप्रतिनिधिहरूले आफ्नो पालिकास्तरीय अर्थतन्त्रको लागि निम्म कामहरू गर्न जरुरी छ ।

क. पालिकाको कुल गार्हस्थ्य उत्पादनको हिसाब

स्थानीय सरकारले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को हिसाब तयार गरेर आफ्नो सरकारको  तथ्याङ्कमा थाहा उल्लेख  गर्नुपर्छ । यसैको आधारमा मात्रै बजेट बनाउने, परियोजनाहरू सञ्चालन गर्ने, ऋण लिने,  घाटा बजेटको बाध्यता आइपरेमा जीडीपीलाई आधार मानेर निर्णयमा पुग्ने गर्नुपर् छ। जीडीपीमा भएको परिवर्तनका आधारमा समृध्दिको मापन गरिनुपर्छ ।

ख. पालिका सरकारको व्यापार स्थिति

पालिका सरकारको व्यापारको स्थिति (घाटानाफा, आयातनिर्यात) पनि थाहा हुनुपर्छ । वर्गीकृत रूपमा कृषि, उद्योग, सेवा क्षेत्रको व्यपारको स्थिति, पालिकाभित्र वस्तु/सेवाको आयातनिर्यातको स्थिति के छ भन्ने सामान्य जानकारीविना पालिकाको समृद्धिको भाषण र परियोजनाको विनियोजन सार्थक हुँदैन । तसर्थ,  पालिकाहरूलाई आफ्नो क्षेत्रको  व्यपार स्थितिको तथ्याङ्क थाहा हुनुपर्छ ।

ग. वैज्ञानिक प्रगतिशील कर प्रणाली 

संघ र प्रदेश सरकारबाट विभिन्न बजेटरी सीमासहित प्राप्त हुने विनियोजनले मात्रै पालिका सरकारले आफ्नो  आवश्यकता पूरा गर्न सक्दैन । स्थानीय सरकारले निःसर्त खर्च गर्न पाउने त आन्तरिक आम्दानीमात्रै हो। यसको लागि लोकरिझानको आकर्षणमा नपरी प्रगतिशील वैज्ञानिक कर प्रणाली अवलम्बन गर्नुपर्छ । तिर्न सक्नेलाई खुसी पारेर धेरै तिराउने कर नीति स्थापना गर्नुपर्छ । पालिकाले   वैज्ञानिक कर प्रणालीको लागि निरन्तर निति अनुसन्धानको कामलाई अगाडि बढाउनुपर्छ ।

४. तथ्याङ्कमा आधारित स्थानीय सरकार

 स्थानीय सरकारहरूलाई कम्तीमा निम्न तथ्याङ्क (डाटा) नभई हुँदैन -

क. बर्सेनि अद्यावधिक जनसङ्ख्या ।

ख. बेरोजगारीको अवस्था ।

ग. गरिबीको रेखामुनि रहेको जनसङ्ख्या।

घ. बसाइँसराइको अवस्था ।

ङ. प्रतिव्यक्ति आम्दानी र आर्थिक असमनताको स्थिति विवरण ।

च. जातीय, सांस्कृतिक, भाषिक, सामाजिक संरचना इत्यादि ।

५. सुशासन, मितव्ययिताको सुनिश्चितता र भ्रष्टाचार नियन्त्रण

दोस्रो विश्वयुद्धले व्यथित जापानी दुनियाँमा एकजना बाबुले नयाँ पुस्तामा भरोसा राखेर छोरालाई दुधको व्यापार हस्तान्तरण गर्छ । छोराले दूधको व्यापार समालेपछि विनाआधार नाफा बढेको देखेर आश्चर्यचकित हुँदै छोरालाई नाफा बढ्नाको कारण सोधेछ । छोराले दूधमा पानी थपेर नाफा बढाएको कुरा बाबुलाई भनेछ । वावुले छोरालाई विश्वयुद्धबाट पीडित जापानी बच्चाहरूलाई गुणस्तरहीन दूध खुवाएर जापान बन्दैन भन्ने शिक्षा दिँदै अनैतिक नाफाको पछि नलाग्न चेतावनी दिन्छ । सुशासनको लागि चाहिने यही सूत्र स्थानीय सरकारले पनि आत्मसात गर्नुपर्छ ।

मितव्ययिता, सुशासन भाषण, गालीगलौजबाट प्राप्त हुँदैन । यसको लागि नीतिगत निर्णय र नेतृत्वमा उच्चस्तरको प्रतिबध्दताको चाहिन्छ । जस्तै - 

क. संचालन साधरण खर्चको विनियोजनमा कटौती ।

ख. जनप्रतिनिधिहरूको दृष्टान्तयोग्य मितव्ययी जीवनशैली ।

ग. अनावश्यक कर्मचारी कटौती ।

घ. परामर्श सेवाको नाममा बाहिरबाट सेवा लिने काममा रोक । जस्तै विकास निर्माणको प्रयोजनमा विस्तृत परियोजना प्रतिवेदन निर्माणका लागि आफ्नै कर्मचारीको प्रयोग गर्ने ।

ङ. उपभोक्ताबाट यथार्थमा योगदान हुन नसक्ने परियोजनाको काम उपभोक्ता समितिबाट नगराउने ।

च. लक्षित समूहको नाममा विनियोजन हुने बजेटलाई वितरणमुखी नबनाई उत्पादकत्व बढ्ने परियोजनाम खर्च गर्ने । 

६. शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, रोजगार  र यातायात व्यवस्थापनमा प्रत्यक्ष संलग्नता

समकालीन दुनियाँमा शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगार सिर्जनामा राज्य अप्रत्यक्ष  वा सहजकर्ताको भूमिकामा सीमित हुनुपर्छ भन्ने उदारीकरणवालाको शास्त्रले प्रभाव जमाएको छ  । समाजवादको व्याख्याका विविध आयाम छन् । समाजवादको एउटा महत्त्वपूर्ण आयाम भनेको जनताको आधारभूत सरोकारमा सरकार प्रत्यक्ष संलग्न हुनु पनि हो ।

क.सामुदायिक विद्यालयको सबलीकरण गर्ने ।

ख. शिक्षा निजीकरणलाई प्रोत्साहन नगर्ने । विशेष प्रयोजन (उच्च स्तरको प्रविधि, जनशक्ति, विदेशीलाई पढाउने ) शिक्षालयको लागि मात्रै निजी क्षेत्रलाई अनुमति दिने । हाल संचालनमा रहेको निजी शिक्षालयलाई गाभेर क्षमता अभिवृद्धि गराउने र क्षतिपूर्तिसहित विघटनको लागि स्थानीय सरकारले माध्यमिक तहसम्मको लागि योजना बनाउने ।

ग. स्थानीय तहको स्वास्थ्य सुस्थाको गुणस्तरमा सुधार गरेर निःशुल्क भरपर्दो उपचारको व्यवस्था गर्ने । स्वास्थ्य बिमालाई अनिवार्य गरिदिने ।

घ. रोजगारी सिर्जना उत्पादनसँग जोड्ने ठूलो उद्योगभन्दा उत्पादनको काममा जनतासँगको साझेदारीमा पब्लिक कम्पनी ढाँचामा पालिका सरकार र सर्वसाधरण जनताले लगानी गर्ने ।

ङ. खानेपानी र सरसफाइमा पालिकाले प्रत्यक्ष व्यवस्थापन  गर्ने । खानेपानी र फोहोर व्यवस्थापनमा अर्को संस्थाको प्रयोग नगर्ने ।

च. पालिकास्तरीय यातायात संचालन र ट्राफिक व्यवस्थापनमा स्थानीय सरकारको प्रत्यक्ष संलग्नता सुनिश्चित गर्ने ।

७.मावविय विकाससँगै कुरीति उन्मूलन गर्ने

पालिका क्षेत्रमा संस्कृति, पहिचान, भाषा आदिको संवर्धनमा सहजीकरण गर्ने । आफ्नो पालिकाभित्र बस्ने नागरिकको सन्तुष्टिलाई भौतिक विकासको माध्यमबाट मात्रै हैन अभौतिक मानवीय विकास संवर्धनबाट मानिसमा आत्मसम्मानको उचाइ बढ्छ । अनि आफ्नो पालिका क्षेत्रमा कुनै पनि प्रकारको अन्धविश्वास कुरीति छ भने त्यसको उन्मूलनमा उच्च प्राथमिकता राखेर अगाडि बढ्ने ।

८. स्वयमसेवक जनशक्ति परिचालन

पालिका सरकारले आफ्नो उद्देश्य पूरा गराउन विशेषज्ञ जनशक्ति अवैतनिक स्वयंसेवकको रूपमा परिचालन गर्नुपर्छ । विभिन्न विज्ञता हासिल गरेका कतिपय व्यक्तिहरू आत्मसन्तुष्टिका लागि योगदान गर्न तयार हुन्छन् । त्यस्ता व्यक्तिलाई विशेष सम्मान गरेर पालिकाले उपयोग गर्न सक्छ । कलेज विश्वविद्यालयमा पढिरहेका  विद्यार्थीलाई पालिका सरकारको सेवालाई पालिकावासीको घर आगनमा लैजान विभिन्न काममा स्वयंसेवकका रूपमा परिचालन गर्न सकिन्छ । जस्तै -

क. पालिका क्षेत्रभित्रको सरकारी कार्यालयहरूको सेवामा पालिकावासीको पहुँच सहज बनाउन 'हेल्प डेस्क' राखेर कार्यालयमा स्वयंसेवकको रूपमा परिचालन गर्न सकिन्छ ।

ख. पालिका सरकारको विभिन्न तथ्याङ्क संकलन (जनसंङ्ख्या अद्यावधिक गर्न, जीडीपी लेखाङ्कन गर्ने, पालिका विवरण बनाउने) जस्ता अभियानमा परिचालन गर्न सकिन्छ ।

९. उद्देश्यमूलक कर्मचारी व्यवस्थापन

कर्मचारी र जनप्रतिनिधिको समीकरणबाट सरकार बन्छ। जनप्रतिनिधिलाई आफ्नो उद्देश्य हासिल गर्न कर्मचारीको सहयोग अनिवार्य हुन्छ ।कर्मचारीको सहयोगबाट मात्रै सरकारको उद्देश्य पूरा हुने तथ्यलाई उपेक्षा गर्दै जनप्रतिनिधिले कर्मचारीलाई कुटपिट गर्ने गरेको समेत देखिन्छ ।

क. कर्मचारी व्यवस्थापनमा संघीय सरकार, प्रदेश सरकारसँग निरन्तर समन्वयमा रहनुपर्ने संवैधानिक व्यवस्थालाई आत्मसात गर्दै कर्मचारीमैत्री सेवा ऐन बनाउने ।

ख. कर्मचारीलाई सुरक्षाको प्रत्यभूति गर्ने । कानुनवमोजिम कार्य सम्पादन गर्ने  वातावरण बनाइदिने ।

ग. कर्मचारीको दक्षता अभिवृध्दिको लागि निरन्तर तालिमको आयोजना गर्ने नीति बनाउने ।

घ. कर्मचारी परिचालनमा पूर्वाग्रह नराख्ने  एवं प्रत्यक्ष हस्तक्षेप नगर्ने प्रतिबध्दता गर्ने ।

ङ कर्मचारीको गुनासो सुन्ने र मूल्याङ्कन गर्ने प्रणालीको स्थापना गर्ने ।

च. कर्मचारीलाई दोष लगाउनेभन्दा पनि नेतृत्वको हैसियतमा रूपान्तरण गरेर उद्देश्यमूलक बनाउने काम गर्नुपर्छ ।

१०. जनप्रतनिधिले हेक्का राख्नुपर्ने विषयहरू

जनप्रतिनिधिको सफलता चाहनेहरू आफ्ना प्रतिनिधिमाथि प्रश्न गर्छन् । स्वार्थी जमातले भने मिथ्या प्रशंसाको अभिनय गर्छन् ।

प्रश्नको सामना गर्न सक्नेले मात्रै नेतृत्वको हैसियत राख्छ । मिथ्य प्रशंसामा रमाउनेहरू देवत्वकरणका बाटामा अगाडि बढ्छन् ।

सुझाव दिन सजिलो छ लिन पो गाह्रो हुन्छ ! बोल्न सजिलो छ, गर्न गाह्रो छ ! पदमा पुगेपछि सीमा देखिन्छन् । यस्ता भाष्य भनेका काम पन्छाउने परम्परागत साहित्य हुन् । जनताको आशा सम्बोधन गर्नुलाई आफ्नो कर्तव्य ठानेर भोट लिएका जनतासँग जनप्रतिनिधिले सफल हुने उपाय पनि ग्रहण गर्नुपर्छ ।
    

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro