देश
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले हिंसामा परेका महिलाको संरक्षणका लागि ‘महिला सेल’ गठन गर्ने निर्णय गरेकी छन् ।
सबै वडामा गठन हुने महिला सेलले न्यायिक समितिसँग समन्वय गरी अन्यायमा परेका र पीडित महिलाका लागि आवश्यक कार्य गर्ने गरी निर्णयमा हस्ताक्षर गरेकी हुन् । उनले मेलमिलाप केन्द्र पनि गठन गरी सानातिना विवादलाई वडा तहबाटै समाधानको प्रयास गरिने बताइन् ।
आफ्नो चुनावी प्रतिबद्धतापत्रको २२ नम्बर बुँदामा टेकेर महिला सेल गठन गर्ने काम अघि बढाइएको उनले जानकारी दिइन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९ १२:५६
प्रतिक्रिया दिनुहोस्