site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विशेष
Global Ime bankGlobal Ime bank
बजेटप्रति अर्थविद्को मिश्रित प्रतिक्रिया
SkywellSkywell

काठमाडौं । सरकारले आइतबार संसद्मा प्रस्तुत गरेको आउँदो आर्थिक वर्ष २०७९/८० को बजेटप्रति अर्थविद्हरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।

अर्थविद् केशव आचार्यले बजेटको ‘ओरियन्टेसन’ राम्रो रहेको बताए । तर, बजेटले लक्षित गरेको आर्थिक वृद्धि र मूल्यवृद्धिको लक्ष्य भने महत्त्वाकांक्षी भएको उनले बताए ।

Dabur Nepal
NIC Asia

“बजेटको प्राथमिकतामा विमति जाउनुपर्ने कारण छैन । कृषि, उद्योग, पर्यटन प्राथमितामा पर्नुपर्छ भन्ने चाहेकै कुरा हो,” उनले भने, “तर, ८ प्रतिशत आर्थिक वृद्धि महत्त्वाकांक्षी छ ।”

उनले रुस–युक्रेनको युद्धका कारण मूल्यवृद्धिमा चाप पर्न सक्ने पनि बताए । सरकारले आउँदो आर्थिक वर्षमा मूल्यवृद्धि ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ ।

अर्का अर्थशास्त्री डा. डिल्लीराज खनालले बजेटले अर्थतन्त्रलाई सकारात्मक दिशा दिन नसकेको प्रतिक्रिया दिए । उनले भने, “बजेट चुनावमुखी भयो । आर्थिक स्थिरता खलबल्याउने खालको बजेट हो यो । यसले स्पष्ट दिशा लिन पनि सकेन ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro