राजनीति
काठमाडौं । सुदूरपश्चिम प्रदेशका ८२ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसक्दा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । ८८ मध्ये ८२ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।
३६ स्थानीय तहमा विजयी हुँदै कांग्रेस पहिलो पार्टी बनेको हो । २४ पालिकाको प्रमुख/अध्यक्ष पदमा जित निकाल्दै नेकपा (एमाले) दोस्रो पार्टी बनेको छ ।
नेकपा (माओवादी केन्द्र)ले १४ पालिकामा प्रमुख/अध्यक्ष जितेको छ । माओवादी केन्द्र तेस्रो स्थानमा छ ।
नागरिक उन्मुक्ति पार्टीले प्रदेशमा चार र नेकपा (एकीकृत समाजवादी)ले दुई पालिकामा प्रमुख/अध्यक्ष जितेको छ । दुई पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
अब प्रदेशका ६ नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी छ ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९ १२:४६
प्रतिक्रिया दिनुहोस्