site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यो प्रणालीले कुनै दललाई बहुमत ल्याउन राेकेेकाे छैन : थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अहिलेकाे निर्वाचन प्रणालीलाई नै सुधार गर्नुपर्ने बताएका छन् । बुधाबार राष्ट्रियसभाकाे संघीयता सवलीकरणा तथा राष्ट्रिय सराेकार समितिकाे बैठकमा थपलियाले अहिलेकै निर्वाचन प्रणालीले समृद्धि आउन नराेकिने बताए ।

"हामीले गरेकाे अध्ययनले तत्कालै निर्वाचन प्रणाली फेरिएन भने समृद्धि राेक्छ भन्दैन । सडकमा धुलाे उडेकाे यही प्रणालीले गर्दा भनेकाे छैन । राजनीतिक तहमा छलफल त गर्न सक्नुहुन्छ, कम्तीमा पनि बृहत् र तुलनात्मक अध्ययन गरेर हिजाे नभएकाे कुरा यस्ताे हुन्छ भन्नुपर्छ," उनले भने ।

उनले प्रणाली फेर्दा अवस्था उस्तै तर प्रणाली फेरिएकाे देशकाे पहिचान बनाउन सक्ने भन्दै कटाक्षसमेत गरे । "हामीले संविधानपिच्छे प्रणाली फेरेकाे छाैँ, संविधान र कानुन फेर्ने अवस्था उस्तै भन्ने देश पाे बन्छाैँ कि," उनले भने ।

प्रमुख आयुक्त थपलियाले संविधानमा कुनै दलले बहुमत ल्याउन नराेकेकाे पनि बताए । उनले निर्वाचन आयाेग ऐनमा सुधार गरेर जाने प्रक्रियामा रहेकाे पनि बताए  । उनले सुधारकाे ऐजेन्डा ल्याइए पनि निर्वाचन विधेयक अघि नबढेकामा असन्तुष्टिकाे संकेत गरे । 

"सुधारका ऐजेन्डा ल्याएकाे धेरै भइसक्यो, भुइँकाे टिप्न खाेज्दा पाेल्टाकाे पनि पाेखिने हाे कि भन्ने आयाेगकाे आशंका छ," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro