site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रविलाई संगठित अपराधमा उन्मुक्ति दिएकोबारे छानबिन गर्न चार सदस्यीय समिति गठन

काठमडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चितवनमा संगठित अपराधमा मुद्दा नचलाएको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले रविविरुद्ध संगठित अपराधमा उन्मुक्ति दिएको विषयमा छानबिन गर्न महान्यायाधिवक्ताको कार्यालयले समिति गठन गरेको हो ।

नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ । समितिमा महान्यायाधिवक्ता कार्यालयका प्रवक्तासमेत रहेका सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उच्च अदालत सरकारी वकिल कार्यालय हेटौँडाका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्य छन् ।

समितिले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको अभियोजनबारे सत्यतथ्य पत्ता लगाएर महान्यायाधिवक्ताको कार्यालयलाई जानकारी गराउने कार्यादेश पाएको छ ।

रविलाई संगठित अपराधमा उन्मुक्ति दिएको आरोप लागेका लुइँटेलको मंगलबार नै महान्यायाधिवक्ता कार्यालयमा सरुवा भइसकेको छ । लुइँटेलले बाह्रखरीसँगको कुराकानीका क्रममा माघ १३ गते नै आफू महान्यायाधिवक्ता कार्यालयमा सरुवा भइसकेको भन्दै अभियोजन हुँदासम्म मात्र चितवनमा रहने बताएका थिए । लुइँटेलको ठाउँमा उच्च सरकारी वकिलको कार्यालय बुटवलका उपन्यायाधिवक्ता रवि न्यौपाने सरुवा भइसकेका छन् । 

सरकारी वकिलको कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनमा ३२ जनाविरुद्ध मंगलबार अभियोजन गर्दा १२ जनालाई मात्रै संगठित अपराध र ठगीको मुद्दा चलाएको थियो । प्रहरीले गोर्खा मिडियाका रविसहिच चार जनालाई संगठित अपराधमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन बुझाएको थियो । तर, जीबी राई, छविलाल जोशी र कुमार रम्तेललाई मात्र संगठित अपराधमा मुद्दा चलाएर रविलाई सहकारी ठगीमा मात्र मुद्दा चलाएको थियो ।

रविविरुद्ध संगठित अपराध मुद्दा नचलेको विषयमा जिज्ञासा राख्दा लुइँटेलले सहकारीबाट पैला लग्ने ६ मध्ये एक कम्पनीमा रहेकालाई संगठितमा मुद्दा नचलाउने मापदण्ड बनाएको जानकारी दिएका थिए ।

“रविजीको हकमा उहाँ गोर्खा मिडियामा मात्र सञ्चालक रहेको देखिएकाले संगठित अपराधमा मुद्दा नचलाइएको हो,” लुईंटेलले मंगलबार बाह्रखरीसँग भनेका थिए, “गोर्खा मिडियाका अन्य तीन जनाविरुद्ध मापदण्डमा परेकाले संगठिन अपराधमा मुद्दा चलेको हो ।”

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro