site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दिल्लीको हारले बैंगलोर प्लेअफमा 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । दिल्ली क्यापिटल्स शनिबार राति मुम्बई इन्डियन्ससँग पराजित भएपछि रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल)को प्ले अफमा स्थान पक्का गरेको छ । 

यससँगै आईपीएलमा प्लेअफ समीकरण पूरा भएको छ । १४ खेलबाट २० अंक जोडेको गुजरात टाइटन्स शीर्ष स्थानमा रहँदा समान १८ अंक जोडेको राजस्थान रोयल्स दोस्रो र लखनउ सुपर जायन्ट तेस्रो स्थानमा छन् । १६ अंक जोडेको बैंगलोरले चौथो स्थानमा रहेर प्लेअफमा स्थान पक्का गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्लेअफको पहिलो क्वालिफायर गुजरात र राजस्थानले प्रतिस्पर्धा गर्नेछन् । इलिमिनेटरमा लखनउ र बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । गुजरात र राजस्थानबीचको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ भने पराजित हुनेले लखनउ र बैंगलोरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

मुम्बईको वाङ्खडे रंगशालामा मुम्बईले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । त्यसपछि ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५९ रन बनाएको थियो । १६० रनको लक्ष्य मुम्बईले १९.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो । 

Global Ime bank

दिल्लीका एनरिच नोर्ट्सजे र शार्दुल ठाकुरले समान दुई विकेट लिए । कुलदीप यादवको नाममा एक विकेट रह्यो । 

त्यसअघि, दिल्लीका लागि रोमभन पोवेलले ४३, रिशब पन्तले ३९, पृथ्वी शाले २४, अक्सर पटेलले अविजित १९ र सरफराज खानले १० रन बनाएका थिए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

मुम्बईका जसप्रित बुमराहले तीन विकेट लिए । रमनदीपले दुई विकेट लिँदा ड्यानिल साम्स र मयांक मारकन्डेले एक एक विकेट लिए । 

मुम्बई यसअघि नै प्लेअफबाट बाहिरिसकेको थियो । मुम्बईले लिग पुछारमा रहेर आईपीएलको अन्त्य गरेको छ । मुम्बईसँगै चेन्नई सुपर किंग्स, सनराइजर्स हैदरावाद, पञ्जाब किंग्स र कोलकाता नाइट राइडर्स पनि प्लेअफमा स्थान बनाउन असफल रहे । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  ०९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय