site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
काेराेनाविरुद्धको खोप बारम्बार अस्वीकार गरेकाे उत्तर काेरियाकाे आँखा फाइजर र मोडर्नामा !
Siddhartha BankSiddhartha Bank

सोल । खाेपकाे प्रयाेगसँगै कोरोनाभाइरसको महामारी बिस्तारै कम हुँदै गइरहेकाे छ । विश्वभरि नै मास्क लगाउनुपर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने प्रावधान हटाउन थालिएकाे छ । तर, उत्तर कोरियाले भने अहिले सम्म कोरोनाभाइरस विरुद्धकाे खोप प्रयाेग गरेकाे छैन । उत्तर काेरिया काेराेनाविरुद्धकाे खोप प्रयोग नगर्ने विश्वका दुई मुलुकमध्ये एक हाे । 

खाेपकाे प्रयाेग नगरेकाे उत्तर कोरियाले बिनाकुनै मानवीय समस्या कसरी जनजीवन पुनः पूर्ववत् रूपमा खुल्ला गर्न सक्ला भन्ने कुनै भेउ पाउने स्थिति छैन । 

Agni Group
NIC Asia

प्याेङयाङले पटक-पटक लाखौं डोज खोप सहयोग प्रस्ताव अस्वीकार गर्ने गरेको छ । यसै महिना पनि संयुक्त राष्ट्रसंघको सहयोग प्राप्त विश्वव्यापी खोप प्रयासमार्फत उत्तर कोरियालाई भनेर छुट्याएर राखिएको खोप सकिएको सम्बन्धित अधिकारीहरूले बताएका छन् । 

पहिले देखि नै अन्तर्राष्ट्रिय जगतबाट टाढिएको उत्तर कोरियाले महामारीको स्थिति उच्च रहेका बेला कडा लकडाउन गर्नुका साथै चीनसँगको न्युन स्तरको व्यापारका लागि बाहेक आफ्ना सम्पूर्ण सीमाना बन्द गरेको थियो । महामारीको कारण भएको बन्दले गर्दा उत्तर कोरियामा खाद्यान्नको समस्या अत्यन्तै जटिल अवस्थामा पुगेको उत्तर कोरियाको मानव अधिकार मामिलाका लागि संयुक्त राष्ट्र संघका विशेष रिपोर्टर टोमस ओजिया क्विन्टानाले बताएका छन् ।

Global Ime bank

सूचना प्रवाहमा निकै कडाइ हुने भएकाले त्यहाँको वास्तविक स्थिति कसैलाई थाहा छैन । क्विन्टानाले अन्तर्राष्ट्रिय समुदायलाई उत्तर कोरियाका २ करोड ५० लाख मानिसलाई खोप लगाउन ६ करोड डोज खोपको व्यवस्था गरिदिन आह्वान गरेका थिए ।  गत वर्ष उत्तर कोरियाले झण्डै ३० लाख डोज चीनको साइनोभ्याक खोप अस्वीकार गर्दै खाेप आवश्यक भएका अन्य मुलुकहरूलाई दिन सल्लाह दिएको थियो । 

त्यसैगरी संभावित साइड इफेक्टको खतरालाई मध्यनजर राख्दै उत्तर कोरियाले अक्सफाेर्ड युनिभर्सिटीले विकास गरेकाे एस्ट्राजेनेका खाेपकाे २० लाख डोज अस्वीकार गरेको थियो । 

तर उत्तर कोरियाली अधिकारीहरूले फाइजर र मोडर्ना जस्ता खोप पाउन चाहेको संकेत गरेको विशेषज्ञहरूको भनाइ छ । संयुक्त राष्ट्र संघका लागि उत्तर कोरियाली नियोगका अधिकारीहरूले खोपबारे राखिएका प्रस्ताव तथा जिज्ञासाहरू प्रति कुनै प्रतिक्रिया जनाएका छैनन् ।

दि वासिङटन पोस्टबाट । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  ०४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय